बागलुङमा स्थानीय चुनावीको रौनक बढ्दै

बागलुङ, २५ वैशाख-दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकि रहेको बेला बागलुङमा चुनावी सरगर्मी बढेको छ । बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकामा दिनहुँ उम्मेदवारहरुले चुनावी तथा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाएका छन् । दुई दशक पछिको स्थानीय तह निर्वाचनमा आ–आफ्नो घोषणा पत्रसहित उम्मेदवारहरुले नगर तथा गाउँविकासको लागि आफुहरुलाई जिताउनको लागि अनुरोध गर्दै कार्यक्रम सफल पारिरहेका छन् । चुनावी कार्यक्रम अनुसार काँठेखोलामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको संयुक्त प्यानल बनाएर निर्वाचनमा जुटेका काठेखोलामा क्रियाशिल बामपन्थी दल र राप्रपाका उमेदवारहरु मत माग्न जनताको घर दैलोमा पुगेका छन् ।
एमाले काँठेखोलाको घरदैलो तथा चुनावी घोषणापत्र सार्वजनिक
18275209_1326079924150245_8826091664281274446_nनेकपा एमालेका जिल्ला सदस्य अम्मरबहादुर थापाको नेतृत्वमा काठेखोला गाउँपालिका जित्ने योजनाका साथ अगाडि बढेका उमेदवार र दलका नेताहरु प्रत्येक वडाहरुमा घर दैलो अभियानमा सक्रिय भएका छन् । ठुला सभाहरु भन्दा पनि स्थानीय स्तरमा जनतालाई भेटेर आफ्ना योजनाहरुका बारेमा जानकारी गराउदै आएको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक तथा एमाले काठेखोलाका संयोजक डिल्लीराज गौतमले जानकारी दिए । काठेखोलाका ८ वटा वडालाई ८ वटा विषयको विशेष क्षेत्र बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएका बाम तथा राप्रपाका उमेदवारहरुले समृद्ध गाउँपालिका निर्माणका लागि अवसर दिन आव्हान गरेका छन् । चुनावी अभियानका क्रममा आइतवार काँठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले काठेखोला गाउपालिकालाई आगामी ५ वर्षभित्र देशकै नमुना गाउँपालिका बनाउनका लागि अम्मरबहादुर थापा नेतृत्वको साझा प्यानललाई विजयी गराउन जनतासंग आव्हान गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, सहसंयोजक अञ्जु जिसी, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाका सहसंयोजक लक्ष्मण पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।phapa
कार्यक्रममा अध्यक्षका उमेदवार अम्मरबहादुर थापा, उपाध्यक्षका उमेदवार अर्जुन खत्री, वडा नंं ३ का वडा अध्यक्षका उमेदवार यामबहादुर श्रीसले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए  । कार्यक्रम निर्वाचन परिचालन समिति धम्जाका संयोजक दलबहादुर थापाको अध्यक्षता, नेकपा एमाले धम्जाका सचिव खीमबहादुर छन्त्यालको सञ्चालन र सल्लाहकार प्रेमबहादुर श्रीसको स्वागतमा सम्पन्न भएको थियो ।
काग्रेसको चुनावी अभियान बानपा ८, ९ र ११ मा
18342831_1473833425983824_1986253970422415379_nस्थानिय तहको निर्वाचनमा नेपाली काग्रेस बागलुङले चुनावी अभियानलाई निरन्तरता दिएको छ । काँग्रेसबाट स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु आफुलाई विजयी गराउन आग्रह गर्दै घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । नेपाली काग्रेसको तर्फबाट बागलुङ नगरपालिकाको मेयर पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठ, उप्रमुख शकुन्तला शर्मा लगायत वडाअध्यक्षहरु बानपाका बिभिन्न स्थानमा मतदाताको घरदौलोमा पुगेका कार्यलाई निरन्तरता दिएका छन् । पार्टीको चुनावी अभियान अन्र्तगत आइतवार बानपा ९ को तित्याङ र बानपा ८ मा चुनाव प्रचार प्रसार एवं मतदाता सग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी अभियान कार्यक्रममा बोल्दै नेपाल बिद्यार्थी सघंका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदीले मतदाताहरुले कसैसग नझुकि, निर्धक भएर मतदान गर्नको लागि अनुरोध गरेका थिए । उनले नेपाली काग्रेसबाट बानपामा उम्मेदवारी दिएका उमेदवारहरुलाई विजयी गराउनको लागि अनुरोध गरेका थिए । अभियानमा बागलुङ नगरपालिकाका प्रमुख पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठले अहिलेको स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसको बहुमत सुनिश्चित भएकोले आफुलाई मतदान गरि विजयी गराउन आग्रह गरेका थिए । उनले नगरबासीको चाहना भावनालाई उच्च कदर गर्दै चौतर्फी विकासमा अगाडि बढने हँुदा आफुलाई जिताउनको लागि अनुरोध गरेका थिए । त्यसैगरि उपमेयर पदका उम्मेदवार सकुन्तला शर्माले हरेक क्षेत्रको विकासमा आफु सक्रिय भएर सधै लाग्ने हँुदा जिताउनको लागि अनुरोध गरेकी थिइन । शर्माले स्थानिय क्षेत्रको विकासमा आफु कटिबद्ध भएर सधै लाग्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन । कार्यक्रममा त्रिचन्द्र क्याम्पसका इकाई सभापति बिष्णुप्रसाद पौडेल, नेपाल प्रजातान्त्रिक सघंका केन्द्रिय सदस्य ध्रुव गिरी, तरुण दलका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’, नेपाल महिला सघं जिल्ला उपाध्यक्ष सिता शर्मा, समाजसेवी एवं नेपाली काग्रेसका क्रियाशिल सदस्य बद्रिप्रसाद शर्मा, भुपु गाविस अध्यक्ष मनबहादुर थापा लगायतले बोलेका थिए । बानपा ९का पार्टी सभापति एवं नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राजु थापाको अध्यक्षता प्रचार प्रसार संयोजक भिमबहादुर खत्रीको स्वागत र ओमप्रकाश शर्माको संचालना कार्यक्रम सम्पन्न भएको थियो । यस्तै बानपा ८ सिगानामा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । यसैगरि बानपा ११ रायडाँडामा पनि आइतवार चुनावी अभियानमा सम्पन्न भएको छ । चुनावी अभियान अन्र्तगत बानपा ११ का वडाअध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गौतम लगायको टोलीले बिभिन्न स्थानमा घरदौलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा बोल्दै वडाअध्यक्षका उम्मेदवार गौतमले गाउँको विकासको लागि आफु कटिबद्ध भएर सधै लागिरहने बताएका थिए । उनले विकास निमार्ण, स्वास्थ्य, शिक्षा, खानेपानी एवं वडाको आर्थिक समृद्धमा लगायत अन्य क्षेत्रको विकासमा तर्फ लाग्ने बताए । यसैगरि बानपा १ मा नेपाली काग्रेस नगर समन्य समितिका सभापति महेन्द्र आर्चायको नेतृत्वमा घरदौलो कार्यक्रम भएको छ । बानपा १ का उम्मेदवार प्रकाश आर्चाय लगाएका उम्मेदवारहरुलाई विजयी गराउन अभियानलाई तिव्र पारिएको उनले बताए ।
काँठेखोला गाउँपालिका ७ मा काँंग्रेसको चुनावी सभा
नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले स्थानीय स्तरमा हुने विकासलाई गति दिन नेपाली काग्रेसको विकल्प नभएको बताएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा नेपाली काग्रेंसको कार्यकर्ता भेटघाट तथा आमसभामा बोल्दै उनले विकासमा साथ दिने पार्टी नेपाली काग्रेस भएकाले नेपाली काग्रेसका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरे । यस्तै काठेखोला गाउँपालिकाका प्रमुख पदका उमेदवार होम बहादुर हमालले आफुलाई चुनाव जिताएमा काठेखोला बासी जनसमुदायले चाहेअनुसारको विकास गर्ने प्रतिबद्दता ब्यक्त गरे । कार्यक्रममा काठेखोला गाउँपालिकाका उप—प्रमुख पदका उमेदवार ज्ञानु श्रीष शर्मा, पुर्व पार्टी सभापति मणिभद्र शर्मा कडेंल, महाधिवेसन प्रतिनिधि पार्वती आचार्य, जिल्ला सदस्य चित्रा बहादुर कार्की, खिमानन्द पौडेल, नेविसंघका जिल्ला सभापती खडक थापा, नेविसंघ पुर्व पार्टी सभापति महेन्द्र कडेंल, जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष नारायणदत्त कडेंल, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपि कडेंल, नेपाली काग्रेंस काठेखोला गाउँपालिकाका सयोंजक ज्ञामनाथ कडेंल, वडा नम्बर ७ का वडाअध्यक्ष पदका उमेदवार नारायण कार्की, रेडक्रस बाग्लुंग शाखाका सभापति जब्बरबहादुर लामिछाने लगायतले बालेका थिए । वडा नम्बर ७ रेशका सहसयोंजक प्रेमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मिलन कुँवर को स्वागत र नगेन्द्र कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो ।
गल्कोटमा राजमो र एमालेको संयुक्त घरदैलो कार्यक्रम
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा गल्कोट नगरपालिकामा राजनीतिक दल र स्वतन्त्ररुपमा मनोनयन दर्ता गराएका उमेदवारहरुले चुनाव प्रचार अभियानलाई तिब्रता दिएका छन् । राजनीति दलका उमेदवार तथा युवा कार्यकर्ताहरु अहिले मतदाताहरुको घरघरमा पुगेर आफनो पार्टीका लागि मत मागिरहेका छन भने नयाँ नयाँ शैलीबाट चुनावी प्रचार सभा, छलफल, माईकिङ लगायतबाट चुनावी प्रचार गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा गल्कोट नगरपालिकामा राष्ट्रिय जनमोर्चा र एमालेले चुनावी तालमेल गरी संयुक्त उमेदवारी दिएका छन् । राजमोबाट मेयरमा उमेदवारी दिएका पूर्व शिक्षक टंक केसी र एमालेबाट उपमेयरमा मनोनयन दर्ता गराएकी रत्ना भण्डारी लगायत वडा नम्बर ५ का अघ्यक्ष अम्मर बहादुर खत्री, महिला सदस्य उमेदवार देवी खत्री, दलित सदस्य भिम कुमारी दर्जी, सदस्य दिल बहादुर घती र पदम बहादुर खत्री तथा वडा नं ६ बाट अघ्यक्षका उमेदवार ओम बहादुर सुनार, महिला सदस्य कमला श्रीस, दलित महिला अमृता विक, सदस्य चन्द्र मोहन बिक र लिल बहादुर श्रीस सहित पार्टीका कार्यकर्ता, युवा तथा विद्यार्थीहरु सहभागी रहेको चुनाव प्रचार टोलीले आज आईतवार नगरपालिकाको वडा ५ र ६ मा साबिक हरिचौर गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा मेयर, उपमेयर र अन्य पदका उमेदवारहरु सहित ठूलो संख्यामा युवायुवतीहरु सहभागिता रहेको गल्कोटबाट दिनेश खत्रीले जानकारी दिए । संयुक्त घरदैलो कार्यक्रम पछि आयोजित सभामा बोल्दै मेयरका उमेदवार केसीले आफुले चुनाव जितेमा नेपालभरलाई पुग्ने विद्युत उत्पादन गर्ने बताएका थिए । राष्ट्रिय जनमार्चा र नेकपा एमालेको संयुक्त प्यानलबाट उमेदवार केसीले गल्कोट क्षेत्रमा प्रसस्त पानी रहेकोले नेपाल भरलाई पुग्ने विजुली निकाल्न सकिने बताए । ६४ वर्षिय केसीले आफ्नो मुख्य उद्देश्य गलकोट क्षेत्रको विकास गर्नु रहेको बताउँदै विदेशिएका युवालाई गल्कोट क्षेत्रमै स्वरोजगार मुलक कार्यक्रमको लागि वातावरण गराउने पनि बताए । गलकोटमा हाइड्रो पावरको प्रसस्त सम्भावना रहेकोले विदेशमा रहेका नेपालीलाई त्यस क्षेत्रमा लगानी गर्न आग्रह गरिरहेको बताउँदै केसीले अमेरिकामा बस्ने आफ्ना छोरालाई समेत नेपाल नै फर्कन आग्रह गरेको बताए । २०३७ सालमा बुटवल क्याम्पसबाट पहिलो स्ववियु सभापति बनेका केसी राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीका भाइ हुन् ।
नेकपा माओबादी केन्द्र जैमुनी
नेकपा माओबादी केन्द्र जैमुनी नगरपालिकाले आज वडा नम्वर ८ छिस्तीमा घरदैलो तथा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जैमुनि नगरपालिकाका मेयर पदका उम्मेद्वार शोभा प्रसाद शर्मा, उपमियरका उम्मेद्वार देबी शर्मा, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं जैमुनी नगरपालिकाका ईन्चार्ज लाल बहादुर परियार, वडा नम्वर ८ का अध्यक्ष टेग बहादुर रायमाझी लगायतले घरदैलो एबं जनभेटघाट सम्पन्न गरेको हो । घरदैलो पछि आयोजित चुनावी शभामा बोल्दै जैमुनी नगरपालिकाका मियर पदका उम्मेद्वार शोभा प्रसाद शर्माले जैमुनी नगरपालिकाको सामाजिक सांस्कृति एबं शैक्षिक क्षेत्रको बिकास र उन्नती प्रगतिको लागि आफुलाई मतदान गर्न आग्रह गरेका थिए । आफुले जितेमा नगरपालिकामा भएका कृषि तथा पर्यटन क्षेत्रका सम्भावनाको बिकास, कुस्मीसेरा देखी छिस्ती सम्म र बरेङ्ग हुदै गुल्मी सम्मको बाटो मर्मत तथा पिच गर्ने दाबी समेत गरेका थिए । सो अवसरमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं जैमुनी नगरपालिकाका ईन्चार्ज लाल बहादुर परियार एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झपेन्द्र क्षेत्री र उपमेयर पदका उम्मेद्वार देबी शर्माले बोलेका थिए कार्यक्रम नेकपा माओबादी केन्द्र जैमुनी नगरपालिकाका अध्यक्ष टेग बहादुर रायमाझीको अध्यक्षता, उपाध्यक्ष हिरा बहादुर बिकको स्वागत मन्तब्य र खेम गोर्खालीको संचालनमा सम्पन्न भएको थियो ।

सोमवार, बैशाख २५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...