यसरी भयो नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीको सम्मान

नयाँ दिल्ली, २४ चैत – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन्। आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत लगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए।
जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्‍याउन आफू भारत भ्रमणमा आएको बताए। भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे। भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो।
हेर्नुस् फोटोहरू :

 

 

शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...