किन हराउँछन् ?

पछिल्लो १३ महिनाको अवधिमा म्याग्दी जिल्लाबाट ६० भन्दा धेरै मानिसहरु हराएका छन् । महिला तथा बालबालिकाहरु हराउने क्रम निकै देखिएको मान्न सकिन्छ । वि.सं. २०६८ को जनगणना अनुसार म्याग्दी जिल्लामा एक लाख १३ हजार जनसङ्ख्या देखाउँछ तर, यही परिणामको जनसङ्ख्या रहेको म्याग्दीमा वर्षमा ६० जनाभन्दा धेरै महिला बालबालिकाहरु हराएको तथ्याङ्कले गर्दा परिणाम निकै जटिल हो भन्न सकिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग अनि त्यहीँबाटै सम्बन्ध बनाएर हराउने गरेको भन्ने पनि आरोप लाग्दो छ । तर यथार्थ के रहेछ भन्ने विषयमा पनि सबैले ध्यान दिन जरुरी भने पक्कै पनि छ । जब कुनै पनि मानिसले आफू र आफ्नो परिवार छाडेर अन्यत्र जान खोज्छ त्यो कति सही वा कति गलत भयो भन्ने भन्दा पनि किन उसले त्यो अवस्था सामना गरेको छ या भोगेको छ भन्ने पनि हो ।
२०७५ साउन १ गतेदेखि २०७६ साउन मसान्तसम्मको म्याग्दी जिल्लाको तथ्याङ्क हेर्ने हो भने म्याग्दी जिल्ला भित्रबाट मात्रै ६१ जना महिला तथा बालबालिकाहरु हराएको उजुरी प्रहरीमा परेको छ । प्रहरीकै भनाइलाई आधार मान्ने हो भने पनि अधिकांश सामाजिक सञ्जालको प्रयोगका कारण ठगिने अनि माया प्रेममा परेर हराएका हुन् कि भन्न सक्ने आधारहरु प्रशस्तै भए पनि एकिन साथ भन्न सकिएको छैन । गत आर्थिक वर्षको मात्रै तथ्यलाई हेर्ने हो भने ४१ जना महिला, ११ जना बालिका, ७ जना बालक हराएको प्रहरीको तथ्यले देखाउँछ । यही तथ्यलाई नियाल्ने हो भने पनि बालक मात्रै ७ जना हराएका छन्भने महिला तथा बालिकाहरुको सङ्ख्या निकै छ । हराएका यतिको सङ्ख्याबाट नियाल्दा अहिलेसम्म ६१ जना हराएकोमा १ जना महिला ३ जना बालक र १ बालिका भेटिएको छैन । नभेटिएकोमा ट्याक्सीसहित खोलाले आमाछोरा हुन् भने अर्का एकजना बालिका खोलाले बगाएको थियो भने दुईजना बालका डुबेका थिए । यस्तै अन्य सबै घरबाटै हराएका हुन् ।
१३ महिनाको अवधिमा ६१ जना हराएकोमा गत साउना मात्रै तीनजना हराए । प्रहरीमा उजुरी अधिकांश घर, परिवार, आफन्त र ससुराले दिने गरेको प्रहरीको तथ्यले देखाउँछ । कसैलाई आरोप लगाउन खोजिएको भन्दापनि हामी सबैले समयमै सोच्नपर्ने अवस्था आएको भन पक्कै पनि हो । किनभने यो समय र सामाजिक परम्परा अनि वैदेशिक रोजगारीको कारणले गर्दा पनि महिलाहरु हराउने क्रम बढेको हो की भन्ने आधारहरु पनि धेरै छन् । त्यसैले सामाजिक सञ्जालका साथै सबै चिजको सही सदुपयोग गर्न सकेमा सबैको भलो हुने देखिन्छ ।

मङ्लबार, भदौ ३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...