पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासंघ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज साँझ ५ बजे महासंघ केन्द्ीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित हुनुभएको छ । त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिबासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासंघले जनाएको छ ।

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलबाट निर्वाचनमा होमिनुभएका निर्मला शर्मा नेतृत्वको प्यानलले केही जिल्लामा जित सुनिश्चित गरेपनि नेतृत्व पङ्तिमा हार व्यहोरेको महासंघ निर्वाचन समितिले जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टरसहित ११ संगठनको प्यानलमा पोखरेल नेतृत्वको समूहले उम्मेदवारी दिएको थियो । त्यस्तै, प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका संगठनको प्यानलमा निर्मला शर्मा नेतृत्वको समूहले प्रतिस्पर्धा गरेको थियो ।

शनिबार, चैत्र २८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...