नेतृत्वको त्यो कठोर निर्णयले जोगियो बायुसेवा निगमको सवा अर्ब

काठमाडौं, बैशाख १९ । नेपाल बायुसेवा निगमले सवा अर्व रुपैयाँ लागत निकालेको वाइडबडीको मर्मत निशुल्क गराएको छ । निगम ब्यवस्थापनको सुझबुझपुर्ण निर्णयका कारण मर्मतबापत तिर्नुपर्ने निगमको सवा अर्व रुपैयाँ जोगिएको हो ।

गत जनवरी ८ मा दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हेभी ल्याण्डिङको क्रममा बिग्रिएको वाइडबडी जहाजको मर्मत खर्च निगमले तिर्न नपरेको हो । कर्मचारीको लापर्वाहीका कारण झण्डै सवा अर्व ब्ययभार बेहोर्नुपर्ने अवस्थामा पुगेको निगमले सुझबुझपुर्ण काम गर्दा बिमा कम्पनीलाई नै मर्मत खर्च तिराउन सफल भएको हो । निगमका महाप्रबन्धक (जिएम) डिमप्रकाश पौडेल (प्रकाश) ले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार राष्ट्रिय ध्वजाबाहक नेवानिको अन्नपूर्ण नामक वाइडबडी जहाज ८ जनवरीको विहान साढे ४ बजे दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै थियो ।

नाइन एन एलजेड नामक ए३३०–२०० कलसाइनको २५० सिट क्षमताको उक्त जहाज अवतरण गर्दा हेभि ल्याण्डिङ गर्नूपर्यो । क्याप्टेनद्वय एमएम डंगोल र सुनिल श्रेष्ठको कमाण्डमा रहेको उक्त जहाज हेभि ल्याण्डिङ गर्दा ल्याण्डिङ गियरमा समस्या आयो । तर, चालक दलका सदस्यले यस बिषयमा ब्यवस्थापनलाई कुनै जानकारी दिएन । कुनै जानकारी नदिएका कारण सो जहाजले थप ५८ वटा उडान गरेपछि मात्रै समस्याबारे ब्यवस्थापनले जानकारी पायो । जहाजमा प्राविधिक समस्या आएको जानकारी पाए लगत्त २२ जनावरी २०२१ देखि सो जहाजलाई ग्राउण्डेड गरी चालकदलका सदस्यलाई कारवाही गर्यो । हेभि ल्याण्डिङ गर्ने क्याप्टेनद्वय डंगोल र श्रेष्ठलाई निगमले तलव रोक्का, ग्रेड बृद्धि रोक्का, निश्चित समय उडानमा रोकसहितको कारवाही गरेको हो ।

निगमले जहाज निर्माता एयरवसकै राय अनुसार एक महिनाभित्र थप ४२ उडान गरेर एक सय वटासम्म उडान गर्न मिल्ने जानकारी पाएको भएपनि थप जोखिम नलिने निर्णयसहित जहाज ग्राउन्डेड गरेर यसको लागत अनुमान गर्न थाल्यो । निगमका महाप्रवन्धक पौडेलका अनुसार उक्त जहाज मर्मत गर्न करिब १ अर्ब २० करोड रुपियाँ लाग्ने इीष्टमेट आयो । जहाजको तत्कालै मर्मत गर्न एयरक्राफ्ट अन ग्राउण्ड (एओजी) वेसिसमा यसका पाटपूर्जा मगाएर मर्मत गर्न त सकिन्थ्यो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानका यात्रु कम भएकोले निगमका महाप्रवन्धक पौडेलले सम्बन्धित विभाग प्रमुखसँग सोधपुछ गरे र जहाज मर्मतमा हतार नगर्ने निर्णय पनि लिनुभयो ।

‘एओजी वेसिसमा ल्याण्डिङ गियर ल्याउँदा अर्को चलिरहेको कुनै कम्पनीको जहाजबाट बिना टेण्डर ल्याउन सकिन्थ्यो । त्यसका लागि करिब ८० करोड रुपैयाँ ल्याण्डिङ गियरका लागि मात्रै खर्च गर्नुपर्ने अनुमानित लागत निस्कियो,’ महाप्रबन्धक पौडेलले जनताटाइम्ससँग भन्नुभयो, ‘जहाजको उक्त ल्याण्डिङ गियर मर्मत गर्ने र लाने लाउने भाडासहित करिब १ अर्ब २० करोड रुपियाँ खर्च गर्नुपर्ने भएकोले तत्काल निर्णय नगरी जहाजको आवश्यकता र मर्मत गर्ने समयको विश्लेषण गरियो । सोही अनुसार यो रकम नतिर्ने र जहाज पनि धेरै व्यस्त नभएकोले ग्राउन्डेड गरेर सार्वजनिक प्रस्ताव माग गरेरै ल्याण्डिङ गियर मर्मत गर्ने निर्णयमा पुगियो ।’

पौडेलका अनुसार निगमले प्राविधिक समस्या आएर ग्राउण्डेड भएपछि जहाज मर्मत आकस्मिक गर्नु नपरेकोले निगम आफैंले पैसा तिर्नुभन्दा पनि जहाजको बीमा कम्पनीसँग परामर्श गरियो । सुरुमा कुरा गर्दा बीमा दिन तयार नभएका बीमा कम्पनी र त्यसको पुनर्बीमा कम्पनीलाई नेपालमै बोलाएर निगमले बीमा दाबी गर्यो । सुरूमा वियर एण्ड टियर भनेर पुर्ण भुक्तानी दिन आनाकानी गरेको बीमा कम्पनीले अन्तत: नै पूर्ण रूपमा क्षति भएको ल्याण्डिङ गियरको रकम तिर्न तयार भएपछि अब जहाज मर्मतमा पठाउने तयारीमा निगम पुगेको छ

जहाज मर्मत गर्दा आवश्यक उक्त सामान एओजीमा नल्याउने र सार्वजनिक प्रस्ताव माग गरेर प्रतिस्पार्धाबाट ल्याउदा करिब ४० करोड रुपियाँ वचत हुने अनुमान त्यतिबेलै गरिएको पौडेल सम्झनुहुन्छ । ल्याण्डिङ गियरमा प्रतिस्पर्धा नगर्दा २९ करोड रुपैयाँ लाग्ने भनेको कम्पनीले नै प्रतिस्पर्धाबाट ल्याउँदा २२ करोड रुपैयाँमा नै दिन तयार भएको र यो रकम पनि बीमा कम्पनीले तिर्ने हुँदा निमगले बिना खर्च जहाज मर्मत गर्न पाएको पौडेलले बताउनु भयो । पौडेलका अनुसार निगमले प्राविधिक समस्या आएर ग्राउण्डेड भएपछि जहाज मर्मत आकस्मिक गर्नु नपरेकोले निगम आफैंले पैसा तिर्नुभन्दा पनि जहाजको बीमा कम्पनीसँग परामर्श गरियो । सुरुमा कुरा गर्दा बीमा दिन तयार नभएका बीमा कम्पनी र त्यसको पुनर्बीमा कम्पनीलाई नेपालमै बोलाएर निगमले बीमा दाबी गर्यो । सुरूमा वियर एण्ड टियर भनेर पुर्ण भुक्तानी दिन आनाकानी गरेको बीमा कम्पनीले अन्तत: नै पूर्ण रूपमा क्षति भएको ल्याण्डिङ गियरको रकम तिर्न तयार भएपछि अब जहाज मर्मतमा पठाउने तयारीमा निगम पुगेको छ ।

‘निगमको इतिहासमा यती सुजबुझ पुर्ण निर्णय भएको सम्भबत यो पहिलो पटक हो’ निगममै कार्यरत एक निर्देशक बताउछन। यो जहाज सिंगापुरको ल्याण्डिङ गियर बनाउने कम्पनी स्याफ्रोनबाट लिने गरी प्रतिस्पर्धाबाट कम्पनी छनोट पनि भइसकेको छ । यो कम्पनीमा ल्याण्डिङ गियर मर्मत गर्दा लाग्ने सबै खर्च बीमा कम्पनीले नै व्यहोर्ने र त्यसका लागि आवश्यक खर्च पनि अग्रिम रूपमा दिन तयार बनाएर मात्रै जहाज पठाउने निर्णयमा पुगेको महाप्रवन्धक पौडेलले जानकारी दिनुभयो । ‘मर्मत गर्दा लाग्ने पैसासहितको सबै खर्च बीमा कम्पनीले नै व्यहोर्ने भएकोले निगमले कुनै पनि खर्च नगरी बिना पैसा बनाउन लागिएको हो,’ पौडेलले भन्नुभयो ।

उहाँका अनुसार उक्त जहाज अर्को साता मर्मतमा जाने भएको छ । जहाजको उक्त ल्याण्डिङ गियर मर्मत गरेर फर्कने भने करिब एक महिना लाग्छ । निगमसँग अर्को एक वाइडबडी जहाज मकालु पनि छ । कोरोना महामारीका कारण जहाजको खपत कम भएको तथा हवाई यात्रु नै कम हुँदा एउटैले पनि पुगेको छ । त्यसैले पनि निगमले उक्त जहाज मर्मतमा अधिक खर्च नगरी फूर्सदमा बनाउँदा शत् प्रतिशत बीमाबाट तिराउन सफल भएको पौडेल बताउनु हुन्छ ।

आइतवार, बैशाख १९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...