मध्य भोटेकोशीको ९० लाख कित्ताको आईपीओ आउँदै, कति कित्ता भर्ने ?

पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका करिब ९० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरेको मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ । मिति तय भैसकेको छैन ।
पहिलो चरणमा स्थानीयका लागि निष्कासन गरेको आईपीओ कोभिड फैलिन सक्ने भन्दै स्थगित गरेको छ । कम्पनीले द्रोसो चरणमा जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण शेयरहरु निष्कासन गर्ने जनाएको छ । त्यसमा ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
कम्पनील ेरु. १०० अंकित दरका १ करोड ५० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको थियो । त्यस मध्ये सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात ६० करोड बराबरको ६० लाख कित्ता शेयर स्थानीयका लागि निष्कासन गरिएको हो तर लक डाउन ले गर्दा अहिले रोकिएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमीटेडले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ ।

निर्माणाधीन यस आयोजनाकोअद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत रु.१६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ ।

आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सह निश्कासन तथा बिक्री प्रबन्धकको रुप्मा प्रभू क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल रहेका छन् ।

आइतवार, बैशाख २६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...