तपाईँकाे प्रदेश र पालिकामा कति बजेट पर्‍याे ? (सूचीसहित)

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।

आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो ।

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नाै अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नाै करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

यस्तै प्रदेशतर्फ प्रदेश १ मा सबैभन्दा धेरै १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश २ मा ९० अर्ब ९० करोड, वाग्मती प्रदेशमा १४ अर्ब ७२ करोड, गण्डकी प्रदेशमा १३ अर्ब, लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड, कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड र सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश  र पालिकाका लागि बजेट विनियाेजन  

आइतवार, जेष्ठ १६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...