फिरन्ते समुदायको सम्वेदनशीलता नबुझ्दा राउटे असुरक्षित बन्दै

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुव्र्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुव्र्यवहार गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । भिडियो समाजिक संजालमा बाहिरिएको केही समय पछि प्रहरी कार्यालय, जिल्ला प्रशासन कायालय, सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा उनीहरु छिटै पक्राउ परे ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन छन् । उनीहरु माथि जबरजस्तीकरणीमा जाहरी दर्ता भएको छ । यसरी राउटे समुदायलाई आर्थिक प्रलोभन तथा मदिरा सेवन गर्न लगाएर उनीहरु माथि यौन दुव्र्यवहार भएको हो । उक्त भिडियो हे¥यो भने युवाले उनीहरुलाई दुव्र्यवहार गरेको प्रस्ट देख्न सकिन्छ । यो एउटा उदारण मात्रै हो । पछिल्लो समय राउटे बस्तीमा अरु समुदायका मानिसको घुलमिल हुन थाले पछि बस्ती नै असुरक्षित छ ।
बाहिर सुमदायसँग घुलमिल नहुने राउटे समुदाय अहिले खुलेर सबैसँग घुलमिल हुन्छन् । समुदायमा पनि मान्छेहरु धेरै जान थालेका छन् । अहिले राउटे समुदाय गुर्भाकाट नगरपालिका वडा नं ११ आँपसोतीमा बस्दै आएका छन् । उक्त होटल र राउटे समुदाय दुरीका हिसाबले वारीपारी छ । करिब दश मिनेटमको बाटो छ । बिशेष गरेर भिडियो फोटो खिच्नेको राउटे बस्तीमा आउने र राउटे समुदाय पनि गाउँघरमा जाने बढ्दो छ । यसले झन जोखिम बढेको छ अधिकारकर्मी बताउँछन् । यो कारणले केही सेवा गर्ने इच्छा भन्दा पनि गलत दृष्टिले जाने व्यक्तिहरुबाट बढी जोखिममा पर्ने गरेको सरोकारवाला उनीहरु बताउँछन् । लामो समयदेखि राउटे समुदायको हकहितमा काम गर्दै आएकी राउटे लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले नराम्रो दृष्टिले जाने मान्छेले असुरक्षित रहेको बताउनुभयो । भाइरल बनाउने नाममा र उनीहरुलाई आर्र्थिक र मदिरको प्रलोभनमा पारेर दुव्र्यवहार गरेको उहाँको भनाई छ । ‘अब राउटे सुरक्षित रहेनन् । तर उहाँहरुलाई आफूलाई के भएको थाहा छैन’ उहाँले भन्नुभयो, जाँडरक्सी र आर्थिक लोभनमा पारेर उनीहरुलाई दुव्र्यहार गर्ने काम भइरहेको छ । उनीहरुको मौलिकतालाई सिध्धाउने काम भको छ । ’ राउटे बस्तीमा सहयोग भन्दा पनि टिकटक, फोटो , भिडियो बनाउन जानेको भीड लाग्दा स्थानीय प्रशासन र प्रदेश सरकारलाई समेत पटक पटक ध्यानाकर्षण गराए पनि वेवास्था भएको उहाँको गुनासो छ ।
महिला र बालबालिका जोखिम
राउटे समुदायमा सबै भन्दा बढी महिला तथा बालिका जोखिम रहेका छन् । शनिबारको घटनाले पनि यसको पुष्टी गर्छ । बस्ती नजिकै राउटे बस्ती भएकाले पनि बढी जोखिम छ । आवाज संस्थाको कार्यकारी निर्देशक एवंम अधिकारकर्मी पवित्रा शाहीले राउटे समुदायमा महिला र बाललिका झन असुरक्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय राउटे मदिराको लतम फसेका छन् । बस्ती नजिकै भएकाले केटाहरु पनि त्यहाँ गएर जाडरक्सी, चुरोट खाने गरेको पाइयो । राउटे समुदायलाई अझ प्रलोभनमा पार्ने गरेकोले उनीहरु सुरक्षित छैनन् ।’ भिडियो, फोटो भाइरल गराउने नाममा राउटे बस्तीमा जाँदा पनि यस्तो समस्या आएको हुन सक्ने उहाँको भनाई छ । उहाँले आवाज संस्थाको तर्फबाट पिडित युवतीको न्यायको लागि प्रहरीमा जाहेरी दिएको जानकारी दिनुभयो । उहाँले अब राउटे समुदायको सुरक्षामा सबैको ध्यान केन्द्रीत भएर छलफल गर्न आवश्यक रहेको उहाँले औल्याउँनुभयो । अहिले राउटे समुदायमा कसैलाई पनि जान दिइएको छैन् ।
युवतीहरुको ज्यान खतरामा
यौन दुव्र्यवहारमा परेका दुई जना युवतीहरुको ज्यान असुरक्षि छ । भिडियो भाइरल भए पछि र सबैतिर समाचार आए पछि राउटे समुदाय थाहा पाए उनीहरुको ज्यान खतरामा हुने सम्भावना बढी छ । राउटे समुदाय उक्त कुरालाई स्वीकार नगर्ने भएकाले उनीहरुलाई आफ्नै समुदायबाट कार्वाही हुने सम्भावना बढी छ । अहिलेसम्म राउटे समुदायले घटनाका बारेमा जानकारी पाएका छैनन् । सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले उनीहरु आफ्नै समुदायबाट असुरक्षित हुने भएकाले समुदायमा जानकारी नदिएर केश अघि बढाइएको जानकारी दिनुभयो ।
किन असुरक्षित हुँदै गए राउटे ?
जंगलमा फिरन्ते जीवन बिताउँदै आए राउँटे पहिले अन्य समुदायका मान्छेहरुसँग घुलमिल हुन्थेनन् । पैसा छोयो भने पाप लाग्छ भन्ने राउटे समुदाय काठका समाग्री बनाएर अन्नसँग साटेर जीविको पार्जन गर्थे । तर जगलमा काठ काट्न नपाए पछि उनीहरुको पेशा संकटमा प¥यो । उनीहरुलाई प्रकृतिसँगै रम्न नदिएर सामाजीकरण गर्न थालियो । तर पछिल्लो समय उनीहरुले आफ्नाो पम्परागत पेशा संकटमा परे पछि मागेर र सरकारले भत्ता दिए पछि जिविकोपार्जन गर्दै आएका छन् । राउटे समुदायको परिवर्तनका लागि काम गरेका विभिन्न संघसंस्थाले पनि उनीहरुलाई खाद्यनन्, पैसा सहयोग गर्दै आएका छन् । पहिले मदिरा नखाने राउटे मदिराको लतमा लागे । पैसा तथा अन्नपात माग्नका लागि गाउँ शहर पसे । उनीहरुले पैसा पाउन थाले पछि मदिरा खान थालेका छन् । जसले गर्दा आर्थिक प्रलोभनमा पर्दा उनीहरु असुरक्षित बन्दै गएका छन् । सरकारी तथा गैरसरकारी संघसंस्थाले करोडौँ खर्च गरे पनि उनीहरुको संरक्षण भने हुन सकेको छैन् । झन राउटे समुदाय मदिराको लतमा फसेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकि तथा समाजिकशास्त्रका सहायक डिन तथा उपप्रध्यापक कमलेश डिसी आधुनिकका नाममा समाजमा देखिएका विकृतिको छाया राउटे समुदायमा पनि पर्न थालेको बताउँनुहुन्छ । राउटे समुदायको परिवर्तनको नाममा गरिएका गतिविधिहरुको असर समेत रहेको उहाँको भनाई छ । जसले गर्दा राउटे समुदाय असुरक्षित बन्दै गएको उहाँले बताउुभयो । ‘राउटे समुदाय सामाजिक मुलधारमा आउन सकेका छैनन् । उनीहरुको संरक्षण र परिवर्तनको नाममा गरिएका असर उनीहरुको जीवनमा प¥यो’ उहाँले भन्नुभयो, ‘राउटेहरुलाई देखाएर भजाएर खान पल्केका केही समाजिक तत्वहले सरक्षण् र सहयोगको नाममा यस्ता व्यवहारहरु गरेका छन् ।’ आफ्नै मौलिक परम्परामा बाँचिरहेका राउटे समुदायलाई विकृतिको छाँया परेको उहाँले बताउनुभयो । यसमा राज्यको गम्भिर ध्यानाकर्षण हुनुपर्ने उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘राउटे समुदायको सुुरक्षा, प्राकृतिक बासस्थान र उनीहरुको संरक्षण गर्नु अहिलेको आवश्यकता हो । तर आधुनिक समाज र पराम्परागत समाजका समिश्रण हुँदा यस्तो असर देखिएको छ ।’ उनले युट्बुरमा समेत राउटे समुदायलाई देखाए अतिरञ्जित रुपमा ल्याउँदा पनि उनीहरुलाई असर परेको उहाँले बताउँनुभयो । मुना हमाल/गोरखापत्रअनलाइन

सोमवार, जेष्ठ २४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...