संस्कृति संरक्षण गर्दै सुदुरपश्चिमेलीहरु

साईप्रस
सुदूरपश्चिमको महान चार्ड को रुपमा विशेष गरि सुदूरपश्चिममा मनाउने गौरा पर्व सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले सुदूरपश्चिमको संस्कृति झल्काउदै गौरा पर्व धूमधामसँग मनाएको छ

सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका अध्यक्ष डम्मर बहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अथिति गैर आवासिय नेपाली संघ साईप्रसका अध्यक्ष कुन्दन कार्की हुनुहुन्थ्यो।यसैगरी विशेष अथितिमा नेपाली जनसम्पर्क समिति साईप्रसका केन्द्रीय सदस्य राम सुन्दर यादव र प्रवासी नेपाली मन्च युरोप समितिका सदस्य धातानन्द पाण्डे हुनुहुन्थ्यो।

सुदूरपश्चिमको बोली भाषा संस्कृतिको संरक्षण र सम्बर्द्धनको उदेश्य सहित स्थापित समाजले आयोजना गरेको उक्त गौरा पर्व कार्यक्रममा साईप्रसमा रहेका सुदूरपश्चिमेली नेपालीहरु लगायत बिभिन्न संघ-संस्थाहरुको बाक्लो उपस्थिति रहेको राष्ट्रिय समिति साईप्रसका संरक्षक कृपा थापाले बताउनुभयो ।

सुदूरपश्चिमको संस्कृति गौराको प्रतिभा सहित सहभागीहरुले देउडा खेल्दै प्रवास भुमि साईप्रसलाई पनि गाउँकै झलक दिएको थियो। अध्यक्ष खड्काले ईरुपशे जानकारी दिए अनुसार देउडा एउटा एक पाइला अगाडी र दई पाईला पछाडि गरेर खेलिने खेल हो,विशेष गरि सुदुरपश्चिमका नौं ओटा जिल्लामा खेलिने खेल हो एक तर्फी महिला र एक तर्फि पुरुष भएर खेलिने खेल हो यस खेलमा आफ्नो दुःख सुख, माया प्रेम आपसी मेलमिलाप भावनात्मक खेलिने खेल हो,प्रवासमा भुमि उक्त भावना विसाउने कार्य हिजो कार्यक्रमले त्यो झल्क मेटाउने प्रयास गरिएको जानकारी गराउनु भएको थियो।

यस्तै उक्त गौरा पर्वको अवसरमा प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक कृपा थापाले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।प्रथम अधिवेशन केहि हप्ता अघि भर्चुअलको माध्यमबाट सम्पन्न भएको थियो।

सुदूरपश्चिमेली नेपाली समाज साइप्रसको आयोजनामा भएको यो कार्यक्रमलाई साथ समर्थन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै विशेष योगदान पुर्याउनलाई सम्मान-पत्र प्रमुख अथितिबाट प्रदान गरिएको संरक्षक थापाले बताउनुभयो।

यसैगरि साईप्रसमा गतहप्ता मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएका कपिलवस्तुका तुलसी भुसालको समाजले दुख ब्यक्त गरेको छ।

राष्ट्रिय समिति साईप्रस कि केन्द्रिय उपाध्यक्ष लक्ष्मी थापा’जोशी’ले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम को सन्चालन राष्ट्रिय समिति साईप्रस कि केन्द्रिय महासचिव रमिता चन्दले गर्नुभएको थियो।

मङ्लबार, भदौ २२, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...