नेपालको बाढी पहिरो कहरमा रमिते बन्ने एनआरएनएका ९ अध्यक्षहरु

48641″ />


साईप्रस देशभर बाढी पहिरोको कहर चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिफ्रेसका लागि भन्दै सुकुटे बिचदेखि धुलिखेल जिपलाइन शयर गरेको प्रसंगले सामाजिक सञ्जाल भरिएका छन्  । 
नागरिक समस्यामा परेका बेला उनीहरुको पीडा महशुस गर्न नसकेको भन्दै आलोचना भएको छ । अनपेक्षित रुपमा बदलिएको मौसमले देशभर बाढी र पहिरोका घटना भएका छन् । सयौं मानिसको मृत्यु भएको छ, कयौँ घाइते भएका छन् । पहिरोमा पुरिएका केही व्यक्ति अझै बेपत्ता छन् । यस्तो बेलामा प्रचण्डका धुलिखेलमा जिपलाइन शयरलाई बेमौसमको बाजा भनेर आलोचना भएको छ । 
देशभर बाढी पहिरो पिडितको घाउमा मलम लगाउन धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागतको लागि लामबद्ध भएर खादामाला लिएर बसेकाहरुलाई देउवाले बेमौसमको सम्मान भन्दै हकारेका थिए । उनले दुःखको बेला सबै कुरा छोडेर पिडितलाई उद्धार र सहयोग गर्न आग्रह गरे । देश अहिले बाढी पहिरोले शोकमा छ  । 
देशको अवस्था देखेर गैरआवासीय नेपाली संघ समेत टुलुटुलु हेरेर बस्न सक्ने कुरै भएन । संघका अध्यक्ष कुमार पन्तले सहयोगको लागि अपिल गर्दै गैरआवासीय नेपाली संघले मातृभूमिमा आइपरेको आपत विपतमा जहिले पनि सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै छ । तसर्थ यस मानवीय कार्यको लागि आफूले सक्दो सहयोग गर्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरु तथा गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल गरे । 
केही राष्ट्रिय समितिले सहयोगको लागि अग्रसरता देखाए तर  गैरआवासीय नेपाली संघका पिल्लर भनेर चिनिने राष्ट्रिय समितिहरु अमेरिका, युके, स्पेन, अष्ट्रीया, क्यानाडा, अष्ट्रेलिया, कतार, कोरिया, अफ्रिका लगायतका अध्यक्षहरु बाढी पिडितको सहयोगार्थ जुट्नुको सट्टा आइतवार एनआरएनएको नाममा एक गुटको राजनीतिक भेला गर्ने तयारीमा जुटेका छन् । कयौं अध्यक्षहरुले आफुहरु सो भेलामा नजाने र  समर्थन गर्न नसकिने बताएका छन् । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सरकारको ठाडो हस्तक्षेपका कारण अबरुद्ध भएको बेला ती अध्यक्षहरु बाढीपिडितलाई सहयोग गर्ने बेलामा रमिते बनेर आफ्नो डम्फु बजाउन नै तल्लीन रहेका छन् ।
सदस्यता शुल्क समेत नतिरेर संघको अभियानलाई ध्वस्त पार्ने अभियानमा जुट्ने मध्येका अध्यक्षहरुमा अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदी संयोजक, बेलायतका अध्यक्ष प्रेम गाहामगर अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ, क्यानाडाका अध्यक्ष दिपक गौतम, स्पेनका अध्यक्ष सालिकराम डुम्रे, अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगर र साउथ अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराई छन् ।
उनीहरुले गैरआवासीय नेपाली संघका अध्यक्ष र महासचिवको निर्देशन विपरित भेलाको आयोजना गर्दै संघको नेतृत्वको आलोचना गर्ने र महाधिवेशन हुनै नदिने अभियानमा लागेका छन् । यो समाचार पार्दासम्म ती अध्यक्षहरुले बाढीपिडितको सहयोगको लागि आर्थिक संकलनको लागि आह्वान  गर्ने न्यूनतम मानवीय संस्कार र भावना समेत देखाएका छैनन् ।
देश दुखेको बेला उनीहरुमा मानवीय संवेदना शुन्य देखिएको छ । एनआरएनए अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदी संघका प्रमुख संरक्षक केशव पौडेललाई परेको पितृशोकलाई समेत बेवास्ता गर्दै  भेला गर्न तम्तयार भएका छन् । उनीहरु एनआरएनएको विघठित संरक्षक परिषदका प्रमुख शेष घलेलाई समेत भेलामा बोलाएर अझै  विवादमा तान्न उद्दत छन्। उनीहरुलाई नेपालमा बाढी पहिरोको बेला दोहोरी साँझ तिर रमाउदै आएका केही प्रत्यासीहरुले साथ दिएका छन् । कतिपय कोरोना महामारीको बेला नेपाली कांग्रेसलाई र संघलाई दिने भन्दै घोषणा गरेको ५, ५ लाख रुपैयाँ अहिले सम्म दिएका छैनन् । उनीहरूले  फेसबुकमा रामरमाइलोका फोटाहरु राखेर बाढी पिडितको भावनामा मनोरन्जन लिएका त छन् नै, पीडितको पिडामा मल्हम पट्टी लगाउन एकसुको  आर्थिक सहयोग घोषणा समेत गरेका छैनन् । “तपाईहरु यो रमिता भन्दा बाहिर रहेर देशको लागि सहयोग गर्न चाहनु हुन्छ भने यस्तो छ एनआरएनएको अपिल ”
स्रोत :www.euronepalikhabar.com

आइतवार, कार्तिक ७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...