जीबन लिला

-आत्रेय पद्म

एउटा केश फुल्यो बरै, लाजले लुकाएँ,
केहि केश बढ्यो फेरी, उखेलेर फालेँ,
सक्दिन भो हटाउन, रङ्गाउन थाले,
कति थेग्छौ हेरौँ अव, वाहिरी ढाकछोपले ।

दाह्री फुल्न थाल्यो अव, जुँगा फुल्न थाल्यो,
विस्तार विस्तार निधार बढ्यो, केश झर्न थाल्यो,
साना वढि ठुला भए, ठुला बुढा भए,
संसारको रित रैछ, बुढा अघिसर्दै गए ।

रिस राग, लोभ मोह, आखिर के का लागी,
क्षणिक रैछ सबै कुरा, बुझ्नुभाको छ कि?
आँखा छेउ चाउरी पर्यो, लुकाउछौ कि कतै,
अनुहार र गाला छोप्यो, छोड्देउ सानु त्यसै ।

निलगिरीको चिसो हेर, हिमालमा बस्दा,
मधेसको धुपले पोल्छ, तराईमा सर्दा,
बाढिपैह्रो जोखिम हेर, पहाड वरिपरी,
जहाँ छौं हामी ठिकै नै छौं, बसौं हाँसीखुसी ।

सबै खुसीहरू पाँउछु, अनि हाँस्छु भन्दा,
हाँसो खुसी सबै भाग्छन्, दिन गन्दै बस्दा,
हाँसीहाल बोलिहाल, सबको सामु आज,
जीबन लिला एस्तै नै हो, नमान है लाज….२ ।

आइतवार, कार्तिक ७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...