नेकपा एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व केन्द्रिय कमिटीलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले पठायो शुभकामना सन्देश

साईप्रस मिति १५ मंसीर २०७८
शुभकामना सन्देश

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन यही मंसीर १० गते दशौं लाख नेपाली जनसमुदायको प्रत्यक्ष सम–उपस्थितीमा र करोडौ नेपाली जनसमुदायहरुको मनमन्दिरमा बस्दै, समुद्घाटन भई ११, १२, १३ र १४ गते बन्दसत्रको आयोजना गदै, नेपाल कै पर्यटकीय केन्द्र चितवन जिल्लाको सौराहमा उच्चतम समझदारी र लोकतान्त्रिक विधि, पद्दती र नेपालीले नै बनाएको भोटिङ मेसिनको समेत प्रयोग गर्दै अत्यन्तै भव्य र सभ्य रुपमा सु–सम्पन्न भएको छ ।

महाधिवेशनले पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रुपमा कमरेड ईश्वर पोख्रेल, उपाध्यक्षहरुमा कमरेड अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, युवराज ज्ञवाली, रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिवमा सर्वसम्मत रुपमा कमरेड शंकर पोख्रेल, उपमहासचिवमा सर्वसम्मत रुपमा कमरेडहरु पृथ्वीसुव्वा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरुमा कमरेड गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ सहितको ३०१ जनाको केन्द्रीय कमिटीको केन्द्रीय नेतृत्व चयन गरेको छ ।

नेपालको संसद, जनमत, स्थानीय सरकारहरु, लोकप्रियता र जनसमर्थनमा समेत १ नंबरको पार्टी नेकपा (एमाले)को यो ऐतिहासिक महाधिवेशनले नेपालको लोकतान्त्रिक विधि–पद्धतीको सुसंस्कृत अभ्यासको नमूना प्रस्तुत गरेको छ र नेपालको लोकतन्त्रलाई परिपूर्ण बनाउन महत्वपूर्ण योगदान प्रस्तुत गरेको छ । यस महाधिवेशनले नेकपा (एमाले) नेपालको राजनीतिको मूल धार हो र सबै जातजाती, भाषा–भाषी, भुगोल र क्षेत्रका तीन करोड नेपालीहरुको मनको ढुकढुकीको रुपमा रहेको कुरालाई अत्यन्त शिष्ट र शालीन ढंगले अनुमोदित गरेको छ । महाधिवेशनले पार्टीभित्रका विभिन्न बैचारिक धार, पृष्ठभुमी र तौरतरिकाहरुलाई पनि अत्यन्त सुझबुझपूर्ण र परिपक्व ढंगले आत्मसतिकरण गरेर यस पार्टीमा योगदान गर्ने सबैको उच्च मुल्यांकन र न्याय हुन्छ भन्ने विवेकपूर्ण उदाहरण समेत प्रस्तुत गरेको छ ।

यस सुखद अवसरमा नेकपा (एमाले) को प्रवासको तर्फबाट अत्यन्त सक्रियतापुर्वक पार्टीको निर्देशनलाई समेत सृजनात्मक ढंगले पालन गरी अनुशासित, सुझबुझपूर्ण र परिपक्व भुमिका निर्वाह गर्ने प्रवासका सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक धन्यवाद छ र महाधिवेशनको सफलताको लागि सहयोग गर्ने, शुभेच्छा प्रकट गर्ने र शुभकामना गर्ने प्रवासका सम्पूर्ण पार्टी सदस्य, समर्थक, सुभचिन्तक तथा आम प्रवासी नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई हार्दिकतापुर्वक कृतज्ञ भई धन्यवाद दिन चाहन्छौं ।

अन्त्यमा, श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको सम्पूर्ण टीमलाई सफल कार्यकालको हार्दिकतापुर्वक शुभकामना दिन चाहन्छौ र यहाँहरुको नेतृत्वमा “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने नेपाली जनताको साझा संकल्पलाई पूरा गर्न सफल हुनुहोस् भन्ने पूर्ण सफलताको कामना गर्दछौ ।

हार्दिक अभिवादन सहित,

………………… …………………
भक्त गुरुङ रमेश पाण्डे
अध्यक्ष सचिव

बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...