कानुनविद बन्जारा एनआरएनए निर्वाचन आयुक्तमा नियुक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जारालाई नियुक्त गरिएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले सर्बोच्च अदालतका अधिवक्ता तथा नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य बन्जारालाई आजै आइतवार नियुक्त गरेका हुन् ।
यस अघि नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेललाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको थियो ।
उनले नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणाबिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त ब्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तकारुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएका थिए ।
एनआरएनए अध्यक्ष कुमार पन्तले नेपालप्लससित भने “बन्जारालाई आजै आइतवार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेका हौं । उहाँसित अन्य संघसंस्थाको चुनाव सफलतापूर्वक गराएको अनुभवपनि छ ।”
एनआरएनएको निर्वाचन डिसेम्बर २६ र २७ तारिख अनलाइन मार्फत हुने घोषणा गरिएको छ । त्यस्तै, संघको नेतृत्वको लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता आव्हान गरिएको छ ।
स्रोत नेपालप्लस डटकम

सोमवार, मंसिर २७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...