अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्षको विज्ञप्ति मार्फत शुभकामना

साईप्रस
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले अंग्रेजी नयाँ बर्ष २०२२ अवसरमा सम्पुर्ण विश्व भरि छरिएर रहनु भएका नेपाली आमा,बुबा, दाजुभाई तथा दिदिबहिनीहरुलाई विज्ञप्ति मार्फत एक शुभकामना सन्देश दिईएको छ,मञ्च अध्यक्ष भक्त गुरुङद्दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ

अंग्रेजी नयाँ वर्ष २०२२ को मंगलमय शुभकामना

प्रिय विश्वभरका प्रवासी नेपाली मञ्च सम्बद्ध साथीहरु, तथा स्वदेश–विदेशका सम्पूर्ण आमाबुबा, दाज्युभाई, दिदीबहिनीहरु,

आज नयाँ वर्ष २०२२, हामीहरुबिच आईपुगेको छ । प्रवासी नेपाली मञ्चको तर्फबाट यस नयाँ वर्षको पावन अवसरमा यहाँहरु सबैजनाको सुस्वास्थ्य, दिर्घायु, सुख–शान्ती, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सन् २०२१, प्रवासी नेपाली मञ्चको जीवनमा एउटा सुनौलो वर्षको रुपमा रह्यो । यसै वर्ष प्रवासी नेपाली मञ्चले आफ्नो सांगठनिक संरचनालाई परिवर्तन गरी अन्तर्राष्ट्रिय, महादेश र राष्ट्रिय कमिटीको संरचनामा विकास गरेको छ । यसबाट प्रवासी नेपाली मञ्चलाई प्रवासका लाखौं नेपालीहरुको एक जिम्मेवार, भरोसायोग्य र संगठित सामुदायीक संस्थाको रुपमा विकसित हुन मद्दत मिलेको छ । यसले संसारभरी छरिएर रहेका प्रगतिशील, देशभक्त र लोकतान्त्रिक प्रवासी नेपालीहरुलाई अन्तर्राष्ट्रिय तहमा एउटै संगठनको मालामा संगठित भई आफु, आफ्नो समुदाय र आफ्नो मातृभुमि नेपालको बारेमा चिन्तनमनन गर्ने र आपसी सहयोगको आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

सन् २०२१, विश्वमहामारी कोभिड–१९ बोकेरै बित्यो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार सन् २०२१ मा कोभिडबाट ५४ लाख भन्दा बढी मानीसको दुखद निधन भयो । यसले हाम्रा धेरै आफन्तजनहरुलाई हामीबाट खोसेर लगे र हामीलाई दुखीद बनाएको छ । यस महामारीबाट हामी सबैजना ग्रसित बन्यौं, पिडित भयौं र संसारले नै दुख खेप्नु प¥यो । हामी बाँचेकाले एक आपसमा बाँच्ने र बचाँउने प्रयास ग¥यौं । हामी, प्रवासी नेपाली मञ्चले नेपालका अस्पतालहरुमा अक्सिजनको अभावबाट कोभिडपिडितहरुलाई बचाउन सकियोस भन्ने उद्देश्यले अक्सिजन प्लान्ट, अक्सिजन कन्सेन्ट्रेटर, भेन्टिलेटर र स्वास्थ्य सामग्रीहरु जुटाएर आफ्नो मातृभुमी नेपाललाई हस्तान्तरण ग¥यौं । मेलम्ची बाढीपहिरो जस्ता बाढीपिडितहरुलाई सहयोग गर्नुपर्ने स्थिती आउँदा हामीले आफु सक्दो सहयोग ग¥यौं । यसरी कोभिड महामारीको बिचमा पनि हामीले आफ्नो मानवीय कर्तव्य निर्वाह गर्ने कोशिस ग¥यौं ।

आज नयाँ वर्ष २०२२, सुखद कोसेलीहरुको पार्सल बोकेर हामी माझ आई पुगेको छ । यस वर्षमा आधुनिक विज्ञान र प्रविधिले संभव तुल्याएको कोभिड भ्याक्सिन, औषधी र हाम्रा आफ्नै सतर्कताबाट संसारलाई दुख दिने कोभिड महामारीलाई यस धर्तिबाट सदाका लागि बिदा दिई कोभिडमुक्त संसार बनाउनुपर्ने छ । यस वर्ष नेपालको लोकतन्त्रले थप परिपक्वता पाउने छ, र परिपूर्ण लोकतन्त्रको दिशामा मुलुक गई “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्प परिपुर्तिमा महत्वपूर्ण उपलब्धि हाँसिल हुनेछ । यस महामारीको वर्षले हामी मानवजातीलाई भातृत्व, सह–अस्तित्व, आपसी सहयोग र साझा जीवनको मुल्य सम्बन्धमा यथेष्ठ शिक्षा दिएको छ । अबको यस नयाँ वर्ष २०२२ ले विश्वमा नयाँ हौसला, उमंग र चेतनाको लहर ल्याउने छ, र शान्ति, न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्थाको शुरुवात गर्नेछ । यहि अपेक्षासहित पुनः सबैमा सुस्वस्थ्य, दिर्घायु, सुख–शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

साथै, नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूसंग आज नेपाली समयानुसार बेलुकी ५ वजे जूमको माध्यमबाट हुने साक्षात्कार कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछु ।

हार्दिक अभिवादन सहित,

………………………….
भक्त गुरुङ
अध्यक्ष

शनिबार, पुस १७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...