होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा पुनः आचार्य

म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको जिल्लाा अधिवेशनबाट अध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) पुनः निर्वाचित भएका छन् ।
शनिबार बेनीमा भएको होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको भेलाले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष निलप्रकास थापा, सचिव सागर बरुवाल, कोषाध्यक्ष राजन लामा, सह–सचिव अमृत सापकोटा र सह–कोषाध्यक्षमा ललिन्द्र थापा मगरलाइ निर्विरोध चयन गरेको । त्यसैगरी सदस्यहरुमा कुमार के.सी, मन तुलाचन, बालकृष्ण जुग्जाली, इश्वर भण्डारी, नौमती पुर्जा, रुमदेवी घर्ती मगर, तेजकुमारी पुन चयन भएका भएका छन् ।
गत वर्ष अन्नपुर्ण गाउँपालिका–३ रुप्से स्थीत मोटेल दि दानालाइ रुप्से झरनामा आएको बाढीले बगाएर नष्ट गरेकोमा उक्त मोटेलका सञ्चालक सुवर्ण केसीलाइ होटल तथा रेष्टुरेन्ट संघको तर्फबाट संस्थागत १० हजार र अध्यक्ष आचार्यको तर्फबाट ५ हजार गरी १५ हजार रुपैंया सहयोग हस्तान्तरण गरीएको थियो ।
कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले हिमाली जिल्ला म्याग्दीको समग्र पर्यटन क्षेत्रको कमाण्ड सम्हाल्ने संघले यस क्षेत्रको सम्भावना र आवश्यकतालाइ ध्यान दिएर अगाडी बढ्न पर्नेमा जोड दिएका थिए । अध्यक्ष कटुवालले उद्योगी तथा व्यापारीहरुको समग्र छाता संगठनले व्यवसाय प्रवद्र्धनका लागि सँधै प्रयास गर्ने बताए । उनले होटल तथा रेष्टुरेन्ट व्यवसाय नै पर्यटन उद्योगको मुख्य खम्बा भएको हुनाले यसको मजबुती नै राष्ट्र निर्माणको आधार भएको तर्फ जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम राई, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुबिर कुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश सदस्य उत्तम कुमार कर्मचार्य, उद्योग बाणिज्य संघको बस्तुगत संघका तर्फबाट पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीका नारायण शर्मालगायतले मन्तव्य राखेका थिए ।
होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता एवम् स्वागतमा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव निलप्रकास थापाले गरेका थिए भने कार्यक्रमको समापन संस्थाका उपाध्यक्ष अनु पुनले गरेकी थिइन् ।

शनिबार, पुस १७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...