अंग्रेजी नयाँ बर्ष २०२२को अवसरमा प्रवासी नेपालीहरुलाई नेकपा एमाले अध्यक्ष ओलीद्दारा सम्बोधन

साईप्रस
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीद्वारा आयोजित ढाका टोपी दिवस तथा नयाँ वर्ष २०२२ को शुभकामना सन्देश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बिशेष सम्बोधन गर्नुभएको छ ।

ढाका टोपी दिवस र अंग्रेजी नयाँ बर्ष २०२२ को उपलक्ष्यमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको आयोजनामा भएको कार्यक्रममा अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सम्मानिय पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीको प्रमुख आतित्थ्यता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट भएको थियो।

प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी ,पॉच माहदेशिय कमिटी ,४० राष्ट्रीय कमिटी ,सयौ स्थानीय कमिटी लगायत अन्य प्रवासी नेपाली समुदायबाट समेत कार्यक्रममा उपस्थिति रहेको थियो र कार्यक्रम भव्य रूपले सम्पन्न भएको जानकारी (ईरुप्से डटकम)लाई प्रवासी नेपाली मन्च साईप्रसका अध्यक्ष तथा अन्तर्राष्ट्रीय कमिटीका प्रचार विभाग सदस्य लोकराज रोका मगरले जानकारी गराउनु भएको छ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली ले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न, जनताको राष्ट्रिय आकांक्षालाई सुनिश्चित गर्न र अनेकन प्रतिकुलताका वावजुद ऐतिहासिक कामहरु गर्न जनादेशद्वारा नेकपा एमाले २०२२ मा सक्रिय ढंगले अगाडी बढ्ने प्रतिबध्दता सहित प्रवासमा बस्नुहुने सम्पुर्ण प्रवासी नेपालीहरुलाई पनि सरिक हुन समेत आह्वान गर्नुभएको छ ।
साथै एमालेले देश, जनता, राष्ट्र र सुशासनको पक्षमा राम्रो काम गर्दै २०२२ मा जनताको मन जित्न सफल हुने विश्वास रहेको बताउनुभएको छ ।साथै विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले शुभकामना सन्देश मार्फत हिजो नेकपा एमाले अध्यक्ष जुन उदेश्यका काम अगाडी बढाउनु भएको थियो, त्यहीँ काम राम्रो कामहरुलाई निरन्तरता दिनको लागि आगामी चुनाव बहुमत साथ नेकपा एमालेलाई जिताएर निरन्तरता दिन लागि नेकपा एमालेलाई पहिलो शक्ति रुपमा स्थापित गर्न प्रवासी नेपालीहरुको महत्वपुर्ण भुमिका रहेको समेत सम्बोधन भट्टाराईले बताउनु भएको थियो।

उक्त कार्यक्रम प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको सञ्चालन ,सचिवालय सदस्य डा.विमला भण्डारीको स्वागत मन्तव्य कार्यक्रममा नेपालको राष्टिय गानको साथै स्थानीय कलाकार खड्ग न्यौपानेको आफ्नै सृजना प्रवासी गीतले सबैलाई स्वागत गर्नुभएको जानकारी रोका मगरले ईरुप्सेलाई जानकारी दिनु भएको थियो।

आइतवार, पुस १८, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...