प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बस्नु भएको हो । उहाँको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिनुभयो ।

 शुक्रबार  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नु भएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै बस्नु भएको थियो ।

आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गर्नुभएको थियो ।

शनिबार, पुस २४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...