नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीमा ६ जना थपिए

 नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्य समिति म्याग्दीको बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेकपा एमाले पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न बैठकले ६ जना भुपू हरुलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरको छ ।

मनोनित हुनेहरुमा धु्रव जिसी, शंकर पौडेल, अर्जुन केसी, ललित जिसी, प्रेम राना र देविदत्त पौडेल रहनुभएको संगठनका अध्यक्ष क्या. दिपक जिसीले जानकारी दिनुभयो । त्यस्तै नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा निर्वाचित हुनुभएका संगठनमा आवद्ध भूपूहरुलाई सम्मान गरिएको छ ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आवद्ध मंगला गाउँपालिकाबाट क्या. दिपक जिसी, अन्नपूर्णबाट क्यां बिर्ख बहादुर गवुर्जा, मालिकाबाट कुल बहादुर घर्ति र बेनी नगरपालिकाबाट टेक बहादुर रावल जिल्ला कमिटि सदस्यमा निर्वाचित हुनुभएको थियो ।

बैठककै अवसरमा नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटि अध्यक्ष देबेन्द्र कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव राजकुमार थापा र थमसरा पुनलाइ बधाई ज्ञापन गरिएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले निवृत्त जिवनको महत्वपूर्ण समय पार्टीका लागि खर्चिने सवै भूपूहरुलाई धन्यवाद दिदै जिल्लामा रहेका भूपू सैनिकहरुको जुनसुकै समस्या संग पनि हातेमाले गर्नु संगठनलाई अनुरोध गर्नुभयो ।

बैठकलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य खुम बहादुर बानीयाँ, जिल्ला कमिटि अध्यक्ष देबेन्द्र कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, सविच सुरज केसी लगाएते सम्बोधन गर्नुभएको थियो ।

संगठनले आगामी माघ महिना भित्रमा जिल्लाको रघुगंगा, र अन्नपुर्ण गाउँपालिकामा पालिका स्तरीय भेलाको आयोजना गर्ने निर्णय गरेको सविच रमेश फगामीले जानकारी दिनुभएको छ । बैठक संगठनका अध्यक्ष दिपक जिसीको अध्यक्षता र सचिव फगामीको संचालनमा सम्पन्न भएको थियो ।

बिहिबार, पुस २९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...