प्रवासी नेपाली मञ्च रोमोनियाको अध्यक्षमा ढकाल

रोमोनिया
युरोपियन मुलक रोमोनियामा राजन ढकालको अध्यक्षतामा प्रवासी नेपाली मञ्च रोमोनिया १५ सदस्य तदर्थ कमिटी गठन भएको छ
युरोप कमिटी उपाध्यक्ष तथा संगठन विभाग प्रमुखको बोधराज पौडेलले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चाज डा.राजन भट्टराईको प्रमुख आतिथ्यता , बिशेष अतिथिमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ , अतिथिहरु भक्त गुरुङ अन्तराष्ट्रिय कमिटि सचिवालय सदस् हङकङ, हेम शेर्पा अन्तराष्ट्रिय सदस्य स्पेन,भक्त वाग्ले अन्तराष्ट्रिय कमिटी सदस्य तथा युरोप ईन्चाज ,तिर्थ गौतम अन्तराष्ट्रिय कमिटी सदस्य ईजरायल , युरोप कमिटी उपाध्यक्ष चन्द्रकान्त आचार्य लगाएत युरोपका नेताहरुले शुभकामना दिनु भएको थियो।
उक्त कार्यक्रम प्रवास ईन्चार्ज डा.राजन भट्टराईले सपथ ग्रहण सँगै प्रशिक्षणनात्मक सँगै निर्देशानात्मक प्रशिक्षण दिनु भएको थियो
साथै प्रवास अध्यक्ष भक्त गुरुङले प्रशिक्षानात्मक र निर्देनात्मक शुभकामना व्यक्त गर्नु भएको थियो।शुभकामना क्रममा प्रवास संगठनमा फेरि नयाँ ईट्टा थप्ने गरेकोमा युरोप कमिटीलाई विशेष धन्यवाद समेत दिनु भएको थियो।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य तथा साँस्कृतिक विभाग प्रमुख हेम शेर्पाले तदर्थ कमिटी नाम घोषणा गर्नु भएको थियो

कमिटीमा रहेको पदाधिकारीहरु निम्नानुसार रहेका छन
अध्यक्ष राजन ढकाल
२ उपाध्यक्ष सागर क्षेत्री
३ सचिव शिशिर पुन
४ उपसचिव मन बहादुर बोहोरा
५ उपसचिव मनोज थापा
सदस्यहरु
१ अर्जुन भट्टराई
२ योगेन्द्र सिम्खडा
३ ईश्वर थापा
४ कविता गर्बुजा
५ प्रेम घर्ती
६ घमान पुन
७.दिवस गोतामे
८.विशाल जुग्जाली
९.बिजय कुँवर
१०.नविन पुर्जा

कार्यक्रममा स्वागत मन्तव्य प्रवासी नेपाली मञ्च साईप्रसका अध्यक्ष तथा युरोप कमिटी सचिवालय सदस्य लोकराज रोका मगर ले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन युरोप कमिटी सचिव चन्द्रकान्त शर्मा ले भएको थियो, उक्त कार्यक्रम जुम भर्चुल माध्यमबाट भएको थियो।

मङ्लबार, बैशाख २०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...