यौन दुर्व्यवहारबाट कसरी जोगिने

दीपक भट्टराई 

प्रिय भाइबहिनीहरू, कुनै पनि अवस्थामा १८ वर्षभन्दा मुनिका बालबालिकालाई डराइ, धम्क्यााइ ललाइफकाइ वा कुनै प्रलोभनमा पारेर यौन जन्य गतिविधि वा यौन सम्पर्क गर्ने कार्यलाई बाल यौन दुव्र्यवहार भनिन्छ । हाल यस्ता घटना विद्यालयस्तरमै बढी घट्न थालेको समाचार हामीले सुन्ने देख्ने गरेको छौ । यस्तो देखेर र भोगेर बस्नु एक प्रकारको सहमति दिएको जस्तो हो भने  यस्ता दुव्र्यवहारले बाल मानसपटलमा के कस्तो असर पार्दछ र यसबाट बच्नका लागि स्वयं बालबालिकाको भूमिकाका बारेमा जानकारी गराउनु हामी अभिभावक तथा शिक्षकको दायित्व हो । बालबालिकाले पनि आफ्नो अभिभावक र शिक्षकले आफ्नो लागि नै भनेका हुन् भनी सम्झेर भनेका कुरालाई व्यवहारमा आत्मसात् गर्र्नुपर्छ । आउनुस्, आज एकछिन यसबारेमा चर्चा गरौँं ।

यौन दुर्व्यवहारबाट जोगिने प्रारम्भिक सोंच

स्वभावले नै साना बालबालिका चञ्चले स्वभावका हुन्छन उनीहरू सानो सानो कुरामा खुसी पनि हुन्छन र रिसाउने, दुखी हुने पनि गर्दछन् । यही मनोविज्ञान बुझेर आफ्नो यौन विचलन स्वभावलाई उनीहरू माथि प्रकट गर्ने कार्य, बालबालिकासँग घुलमिल हुन खोज्ने उनीहरूलाई विभिन्न प्रलोभनमा पार्ने र विभिन्न बहाना बनाई उनीहरूको नजिक भएर एक्कासि उनीहरूसँग अप्रत्यासित व्यवहार गर्ने गरिन्छ । जस्तै काखमा राख्ने, अनेक बहाना बनाई शारीरिक विभिन्न अङ्गमा हात लाने, माया गरेको बहाना बनाई हातले सुमसुम्याउने, यौन सम्पर्क गर्ने आदि वा जुन सुकै असहज हुने व्यवहार गरेर यौन कुण्ठा मेटाउने कार्य गर्दछन् भने त्यसलाई यौन दुव्र्यवहार हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।

कुनै पनि मानिस चाहे चिनेको होस् या नचिनेका, यदि कसैले पटकपटक भेटन् बोलाउने वा कोही नभएको मौका पारेर सिधै आफ्नो जिउमा छुन खोज्दछ भने यो दुव्र्यवहार हो भन्नी जानिहाल्नु पर्दछ । विद्यालयमा पनि विभिन्न पढाइको बहाना वा सिकाउने बहानाले शिक्षकशिक्षिकाले आफूलाई प्रत्यक्ष महसुस हुने गरी वा थाहा पाउने गरी स्पर्श गर्ने सुमसुम्याउने कार्य गर्नु पनि दुव्र्यवहार नै हो । जसले पनि यसरी नजिकिएर असहज र अप्ठेरो हुने गरी वा पीडा हुने व्यवहार गर्दछ भने यो दुव्र्यवहार हो भनी बुझिहाल्नु पर्दछ । यो नै यौन दुव्र्यवहारबाट जोगिने प्रारम्भिक सोच हो ।

दुर्व्यवहारबाट बच्न र मनैदेखि खुसी हुन के गर्ने ?

यसबारे अब ध्यान दिएर वा बुझेर पढ्नु है । नबुझे फेरि दोहो¥याएर पढनु ल… किनकि यो लेख पढेपछि तपाईंमा कुनै न कुनै नयाँ विचार अवश्य आउनेछ । लामो सास लिनु अनि पढ्न सुरु गर्नु ल । आफूलाई जो कोहीले दुव्र्यवहार गरेको वा त्यस्तो आशय राखेर कुनै व्यवहार गरेको छ भने त्यसको विरोध आफँैले नै गर्नु पर्दछ । त्यस्तो मान्छे जसले त्यसरी दुरव्र्यवहार गरेको वा गर्ने आशय राखेको छ भने उसको भित्री मनोबल कमजोर हुन्छ  किनकि ऊ बाहिरी समाजसँग सतर्क हुुने र डराएको हुन्छ भन्ने कुरा हामीले पनि बुझ्नु पर्दछ । किनकि ऊ नराम्रो वा असत्यको बाटोमा हुन्छ तर हामी सत्यको बाटोमा हुन्छौँ । जो सत्यको बाटोमा हुन्छ उसको आत्मविश्वास बलियो हुन्छ भने असत्यको बाटोमा वा नराम्रो व्यवहार गर्ने व्यक्ति सधैँ भित्री आत्मबाट कमजोर हुन्छ, । हो, यही कुरा आफ्नो दिमागमा राखेर त्यस्ता घटना आइपरेमा तुरुन्तै प्रतिकार गर्नुपर्छ । आफ्नो मनोबल उच्च राखेर प्रतिकार ग¥यो भने त्यस्तो गलत व्यवहार गर्ने जो कोही पछि हट्दछ । यो कुरा बालबालिकाले सधैँ आफ्नो दिमागमा राख्नु जरुरी छ ।

यो त भयो त्यस्तो व्यवहार गर्ने व्यक्तिबाट तत्कालका लागि छुट्ने उपाय । अब यसको समाधान सधैँका लागि कसरी गर्ने भन्नेबारे पनि यहाँ चर्चा गरौँ । फेरि सोही व्यक्तिले आफूलाई पुनः दुव्र्यवहार गर्दछ कि भन्ने कुरा दिमागमा आउनु स्वाभाविक हो र त्यही कुराले आफ्नो मन मस्तिष्कमा जुन समयमा नि असर गर्न सक्दछ । त्यसले आफूलाई नै हानि पु¥याउँदछ । यस्तो मानसिक तनाव नलिन उक्त घटनालाई सामान्य घटना ठानी म किन तनावमा बस्ने, मैले केही नराम्रो गरेको नै छैन उसले नै मलाई दुव्र्यवहार गर्न आएको हो, मैले त केबल आफूलाई मन नपरेको उसको व्यवहारको प्रतिकार मात्र गरेको हो भन्ने मनमा लिनुु पर्दछ । त्यस्तो प्रतिकार गर्नु मेरो आफ्नो नैसर्गिक बाल अधिकार हो, आफ्नो अधिकार आफैँले सुनिश्चित गर्दा म किन डराउने, म कमजोर हुनु हुन्न म कमजोर भए भने पुनः त्यस्तो  व्यवहार दोहो¥याउन सक्दछ त्यसैले म शतप्रतिशत ठीक छु भन्ने ठान्नुु पर्छ । दुव्र्यवहार भएको कुरामा आफ्नो आत्मविश्वास बलियो पारेर मनोवैज्ञानिक आधार निर्माण गर्नु नै यस्ता घटनाको समाधान खोज्नु हो भनी सचेतना आत्मसात् गर्नुु नै बुद्धिमानी हो । आफूलाई सचेत बनाएर जीवनमा धैरै अगाडि बढनु छ, म यस्तो सामाजिक कुसंस्कारको परिवर्तनकारी २१औँ शताब्दीको बालबालिकाभित्र पर्दछु भन्दै आफ्नो मनोभावनालाई उच्च राख्नुपर्छ ।

प्रतिबद्धता

यो लेख पढेकै समय अर्थात् आजै र अहिलदेखि नै आफ्नो जीवनमा जो कोही कसैले चाहे त्यो आफ्नै परिवारको सदस्य नै किन नहोस्… चाहे आफ्नै विद्यालयको सर म्याम नै किन नहोस्, त्यस्तो व्यवहार साच्चै नै आफ्नो मनले म पनि बाल यौन दुव्र्यवहारको सिकार भएको पो छु कि भन्ने कुुरा मनन गर्नुपर्छ । त्यस्तो लागेमा मात्र मनभित्रको आवाज आफ्नो कुरा उसैलाई सुनाउनुहोस् जसले तपाईंको आवाजलाई अझै बुलन्द पार्न र तपाईंको कुरामा पूर्ण रूपले विश्वास गरून् । तिम्रो हरेक कुरामा साथ दिन सकारात्मक परिर्वतनका लागि समाजदेखि डाराएर आफ्नो बोली आजको भोलि परिवर्तन नगरुञ्जेल नै हो । त्यसैले त्यस्ता घटनाबारे त्यस्तो मनको साथीसँग भन्नुहोस् जोसँग अहिले तपाईं आफ्ना सबै कुरा भन्न सक्नुुहुुन्छ ।

ल, कुरा बुझनु भो नि जसले गर्दा तपाईंको जीवनका सबै फोहोरको भारी जसले यो मनलाई अहिलेसम्म दूषित बनाएको थियो र छ, त्यस्तो तनावको पोको सधैँका लागि मनदेखि बाहिर ल्याएर आफू सँगसँगै आफ्नो परिवार एवं समाज र आफ्नो जीवनलाई सहज तरिकाले बाँच्न सकिने रहिछ भन्ने ठान्नुुहोस् । त्यो उदाहरण म नै हुँ…मलाई नि एउटाले त्यस्तै गर्दथ्यो । मैले मेरो साथीमार्फत आफ्नो हेडसरलाई भने । अनि मेरो कुराको कुनै हल्ला नभई समाधान भो ।  त्यसैले साथी मेरो कुरा मान आफूलाई त्यस्तो व्यवहार गरेको छ भने आफ्नो ममीलाई भन किनकि तिम्री आमा नै तिम्रो मिल्ने साथी हुन् जसले तिमीलाई सधैँ राम्रो सल्लाह दिने छिन् । आज म नि मेरी आमालाई त्यो बेला मनको कुरा भनेको भएर खुसी छु, एक जना पात्रको कुुरा पनि यो सम्झ ल ।

तपाईलाई पनि यस्तो व्यवहार कसैले गरेको छ भने आफ्नो ममीलाई भन्नु । यदि तपाईंको ममी तपाईंसँगै हुनुहुन्न भनी आफ्नो हेडसरलाई भन्नुहोस् । त्यसपछि त्यस्तो आवाज कसैले नसुने के गर्ने म  यही मुना बालपत्रिकाको माध्यमबाट अर्को लेखमा भन्नेछु तर आफ्नो त्यो मनको पीडाको आवाज त्यति समय मात्र बाहिर ल्याउनु जति बेला आफ्नो मनले निर्णय गर्दछ कि अब त म बोल्नैपर्छ भन्ने सोच आउँछ । यदि बोल्न सक्ने हिम्मत आउँदैन भने र मेरो कुरा सुन्ने कोही छैन जस्तो लाग्छ भने म छु नि तिम्रो साथी…। यो मुना पत्रिका तिम्रो मनको भारी बिसाउने ठाउँ हो जस्तो लागेमा यही मुना पत्रिका को Email address:- [email protected] मार्फत मनको भारी बिसाउन ढिला नगर्नु ल ।

गोरखापत्रअनलाइनबाट साभार

आइतवार, बैशाख २५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...