कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा ‌नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताएका हुन् ।

नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो । सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्‍यो ।’

संसद् विघटनपछि सर्वोच्च अदालतले पुन:स्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने, ‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।’

संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै उनले भने, ‘संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध रहेको नेकपा एमाले सरकारका सामु अन्य विकल्प थिएन । फलस्वरुप जनादेशका लागि जनतामा जाने निष्कर्षमा हामी पुग्यौँ । तर अदालतको परमादेशले सरकार बदलियो । सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भयो ।’

यस्तो छ नेकपा एमालेको अपिल

https://drive.google.com/file/d/1DZSaE7E1rwEgQjLU-R6LUryWTHreQFVw/view

cpn uml

आइतवार, बैशाख २५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...