सत्तापक्षकै विद्यार्थी संगठनले तालाबन्दी गरेकाे भन्दै चर्को विरोध भएपछि त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाएको ताला खोल्न नेविसंघ त्रिवि समिति सहमत भएको छ। तालाबन्दिको बिषयमा प्रतिनिधिसभा बैठकमा समेत कुरा उठेपछि नेबीसंघ पनि ताला खोल्नलाइ राजी भएकाे देखिन्छ ।
१५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दी लगायत आन्दोलन स्थगित गरिएको नेविसंघले जनाएको छ।
त्रिवि पदाधिकारी भ्रष्टाचारमा संलग्न रहेको आरोपसहित नेविसंघले बर्खास्त गर्न माग गर्दै ताला लगाएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भातृ संगठन अनेरास्ववियूले ताला खोल्नपर्ने माग गर्दै आएको थियो।
शुक्रबार, जेष्ठ २७, २०७९ मा प्रकाशित