बेनपा ८ को आयोजना र कालिगण्डकी आमा समुहको संयोजनमा किशोरी कानुनि सचतेना कार्यक्रम

देवी जिसी
म्याग्दीको बेनी नगरपालिका ८ मा किशोरी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ  । वडा नं ८ को आयोजना र कालिगण्डकी आमा समुहको संयोजनमा वडा भित्रका १४ देखि २० वर्ष सम्मका किशोरीका लागी लक्षित गरि कार्यक्रम गरिएको हो  ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद अधिकारीले कानुनी सचेतना अन्तर्गत बाल बिबाह, बहुबिबाह , लागु औषध लगायतका विषयमा र किशोरी स्वास्थ्यका बारेमा स्वास्थ्य कार्यालय म्याग्दीका गणेश सुबेदीले किशोरीहरुलाई सहजीकरण गर्नुभएको थियो  ।


कार्यक्रममा कालिगण्डकी आमा समुहका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष भुनु तिलिजाले २०५४ सालमा स्थापाना भएको आमा समुहले यस्तै खालका सचेतना मुलक कार्य गर्दै आइरहेको र वडाले यस्तो महत्वपुर्ण कार्यक्रमको संयोजन गर्ने अवसर प्रदान गरेकोमा धन्यबाद दिनु भएको थियो  । कार्यक्रममा वडा सदस्य जानकी विश्वकर्माले मन्तब्य ब्यक्त गर्नु भएको थियो  । किशोरी लक्षित कार्यक्रमको संयोजक गौरी थापाले गर्नु भएको हो  ।


बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्यको प्रमुख आतिथ्यता, कालिगण्डकी आमा समुहका अध्यक्ष भुनु तिलिजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव सबिता पुन मगरको संचालन, देवी जिसीको स्वागतमा सम्पन्न भएको थियो ।

आइतवार, जेष्ठ २९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...