प्रवासी नेपाली मञ्च माल्टाको प्रथम अधिवेशनबाट झाको नेतृत्वमा २१ सदस्य नयाँ कमिटी निर्वाचित

युरोप माल्टा -नेकपा एमाले प्रवास निकट भातृ संगठन प्रवासी नेपाली मञ्च माल्टाको प्रथम अधिबेशन सम्पन भएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रवास विभाग प्रमुख राजन भट्टराईको प्रमुख अतिथियता र अधिबेशन सम्पन भएको हो । अगस्ट २८ मा सम्पन भएको अधिबेशनले २१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ।
कमिटीको अध्यक्ष सत्य नारायण झा, 
उपाध्यक्ष यमु राई
, सचिव विरोजङ पाण्डे
, सह-सचिव -दर्शन लिम्बु, 
सदस्यहरु -रोशन सिजापती, अम्बिका दुलाल, कमल पोखरेल, सुदिप रायमाझी, हटी पौडेल, निरज भुजेल, लक्षू गिरी, पदम खड्का, हटी बहादुर पौडेल, सपना श्रेष्ठ, शाारदा चौधरी, प्रज्वल आले मगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी रहेका छन् ।


उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङको विशेष अतिथियता रहेको थियो भने अन्तराष्ट्रिय कमिटी सदस्य तथा सचिवालयदय सदस्य प्रभुराम थापा, चनाक पोख्रेल, अन्तराष्ट्रिय कमिटी सदस्य तथा युरोप ईन्चार्ज भक्त वाक्ले, हेम शेर्पा रहनु भएको थियो । अन्य महादेशीय कमिटी अध्यक्ष तथा विभिन्न राष्ट्रिय कमिटी अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । स्थानीय क्रियाशिल संघ संस्था एनआरएनए लगाएत राजनीतिक ,जातिय,भेगिय संघ संस्था उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन आर्यालले हामी पठाएको रेमिट्यान्सको नोट चल्ने हामी प्रवासीको भोट नचल्नु किन नचल्ने प्रवासीहरुलाई मतदान गर्नु पर्ने अधिकार सुनिश्चत गर्नु कुनै-कुनै माध्यम खोज्न समेत प्रमुख अतिथि भट्टराई यस विषयमा पहल गर्न समेत माग गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि भट्टराईले देश चुनावी महालमा गईसकेको आ-आफ्नो तर्फबाट रचनात्मक सहयोग गर्न समेत निर्देशन दिनु भएको थियो ।
उक्त कार्यक्रम अध्यक्षता प्रवासी नेपाली मञ्च माल्टाको सत्यनाायाण झा अध्यक्षता र सचिव विरोजंग पाण्डे गर्नु भएको कुरा प्रवासी नेपाली मञ्च माल्टाका सचिव विरोजंग पाण्डेले ईरुप्सेलाई जानकारी दिनु भएको थियो ।

सोमवार, भदौ १३, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...