बालिकालाई सास्ती

नेपाली समाजमा पछिल्लो समयको अवस्था हेर्ने हो भने बालिकाहरुलाई निश्चित रुपमा केही समस्या थपिएको पक्का हो । खानपान अनि जलबायु परिवर्तन नाम दिइएको भए पनि यकिन तथ्यमा कोही पुग्न सकेको भने पक्कै पनि छैन । बालिकामा कम उमेरमै हुने मासिक श्राबले गर्दा पढाइमा पनि निकै असर गरेको हुन्छ । मासिकश्राबको भएको समयमा बालिकाहरुलाई पढाइ सँगै रगत व्यवस्थापनको पनि चिन्ता थपिन्छ । अहिलेको अवस्था हेर्दा उनीहरुलाई मासिकश्राबको समयमा प्रयो गर्ने प्याडको उपलब्धता भए पनि त्यसमा हुने गुणस्तरले गर्दा समस्या हुने गरेको देखिन्छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुले निःशुल्क रुपमा सेनेटरी प्याड बितरण गर्ने गरेको भए पनि तोकिएको गुणस्तर र साइजको नहुँदा बालिकाहरुलाई समस्या हुनेगरेको देखिन्छ । मासिकश्रावको समयमा प्रयोग गर्ने प्याडले राम्रो सँग रगत नसोस्ने हुँदा बालिकाहरुमा मानसिक पिडा अरु थपिने गरेको पक्का हो । मासिकश्राबको समयमा हुने दुखाइ अनि त्यसमाथि पनि सेनेटरी प्याडले रगत नसोसीदिँदा अन्य कपडामा दाग लाग्छ कि भन्ने चिन्ताले गर्दा बालिकाहरुको पढाइमा समेत असर पर्न सक्छ ।
नेपाल सरकराले तोकेको सेनेटरी प्याड(बितरण तथा व्यवस्थापन) कार्यविधि–२०७६ मा प्याडको न्यूनतम साइज २४० मिलिमिटर, चौडाइ ६० देखि ७५ मिलिमिटर, मोटाइ १५ मिलिमिटरलगायतका न्यूनतम मापदण्ड तोकिएको छ । उक्त मापदण्डमा रहेर स्थानीयतहहरुले आफ्नो मातहतका विदालयलाई सेनेटरी प्याड वितरण गर्ने भन्ने हुन्छ । तर त्यहाँ तोकिए बमोजिमको मापदण्डका प्याड बालिकाहरुले नपाएको गुनासो पनि आउने गरेको छ । अर्थ मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई सामुदायिक विद्यालयमा पढ्ने बालिकाहरुका लागि सेनेटरी प्याड खरीद गर्नका लागि सोझै बजेट व्यवस्था गरेको हुन्छ तर उनीहरुले तोकेको मापदण्ड अनुसारको सामग्री खरिद गरे गरेनन् भन्ने सन्दर्भमा भने प्रगति खासै देखिएको मानिदैन । सरकारले कक्षा ६ देखि १२ सम्म पढ्ने सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण गर्न हाल सम्म चार वर्षमा ५ अर्व ९५ करोड खर्च गरि सकेको छ । मोटो रकम खर्च हुँदै गर्दा पनि फितलो मापदण्डका कारणले गर्दा छात्राहरुले सुविधा भन्दा पनि जोखिम नै मोल्नु परेको देखिन्छ ।
सामान्यतया छात्राहरुले मासिकश्राब भएको बताएपछि बढीमा तीन गोटा सेनेटरी प्याड दिएको पाइन्छ । बेनी नगरपालिका भित्रकै एक विद्यालयमा आफै प्रधानाध्यापकनै महिला भएकोमा समेत सेनेटरी प्याड तीन पिस दिएको देखिन्छ । सामान्यतया तीन देखि पाँच दिन सम्म रक्तश्राब हुने भन्ने गरिन्छ । यदी त्यो अवस्था हो भने तीन पिस प्याडले कति काम गर्न सक्ला । आफैमा सोचनीय विषय छ । विद्यालयले दिने गरेको सेनेटरी प्याडले राम्रो सँग रगत नसोस्ने र साइज पनि तोकिए अनुसार नुहुने भन्ने गुनासो पनि विद्यार्थीको हुने गर्दछ । कतिपयले स्कुलमा प्याड माग्न नसकेर घरैबाट आफैले बनाएको कपडाको टालोको प्रयो गर्ने पनि गर्दछन् । त्यसले बालिकामा स्वास्थ्य जोखिम त बनाउँछ नै त्यस माथि पनि बिद्यालयले कति सम्म व्यवहारीक बन्न सक्यो होला भन्ने पनि देखाउँछ । त्यसैले व्यवहारीक तबरले आवश्यकता अनुसारको प्याडको उपलब्धता बिद्यार्थीलाई भयो भने मात्रै सरकारले सोचेर स्थानीय तहलाई उपलब्ध गराएको रकमको सदुपयोग देखिन्थ्यो कि?

बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...