सहकारीहरुले आफ्नो सुधारका लागि गरे प्रतिबद्धता

हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा सहकारीहरुले आफ्नो सुधार गर्नका लागि प्रतिबद्धता जाहेर गरेका छन् ।
साविकको धौलागिरी अञ्चल भित्रका पर्वत, बागलुङ र म्याग्दीका १२ वटा सहकारी संस्थाहरुले संस्थागत सुधारका लागि प्रतिबद्धता जनाएका हुन् । बेनी बचत तथा ऋण सहकारी संस्था बेनीको आयोजना एवम् राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय सहकारी बैंकले सञ्चालन गर्ने केयर कार्यक्रममा सहभागी संस्थाहरुको नियमित कार्यक्रम अन्तरगतको केयर समिक्षा गोष्टीमा गत बैशाख भन्दा पछि आफूहरुले गरेको कार्य र प्रगति समेटीएको प्रतिबेद प्रस्तुत गरेर उक्त प्रतिबेदनमाथि सुझाब समेत संकलन गरिएको थियो ।
सहकारी बैंकको केयर कार्यक्रममा सहभागी भएका १२ वटा सहकारीले आफ्नो प्रस्तुती गरे सँगै सबै सहकारीहरुले शुझाब तथा प्रतिकृया दिएका थिए । अनुभव आदानप्रदान मात्रै नभएर सिक्ने र सिकाउने विधि पनि कार्यक्रम भएको राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य रामबाबु आचार्यले बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नवकुमार अधिकारीले संस्थाले आफ्नो सुधारका लागि रणनीतिक योजना बनाउँदै त्यसलाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिनुभएको थियो । उहाँले संस्थाको नियमित बैठक, समिक्षा एवम् मासिक प्रतिबेदन, ऋणीहरुको बर्गिकरण लगायतको विषयमा ध्यान दिएको खण्डमा सहकारी संस्थाले प्रगति गर्ने बताउनुभयो ।
बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रम सचिव माधवप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

बुधबार, अशोज ५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...