म्याग्दी जेसिजद्वारा स्विटर वितरण

बेनी नगरपालिका-९ स्यालीखेतमा रहेको स्यालीखेत आधारभुत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाइ म्याग्दी जेसिजले न्यानो माया कार्यक्रम अन्तरगत स्वीटर वितरण गरेको छ ।

स्यालिखेत आधारभुत विद्यालयमा अध्ययन गर्ने बालवालिकालाई जाडोमा न्यानोहोस भन्ने हेतुले न्यानो मायाँ कार्यक्रम  अन्तरगत स्वीटर बितरण गरिएको हो । हाल उक्त विद्यालयमा अध्ययनरत ३६ जना विधार्थिलाई सुईटर वितरण गरिएको हो । म्याग्दी जेसिजका अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षता, बेनी नगरपालिका वडा नं.-९, का अध्यक्ष चक्र केसीको प्रमुख आतिथ्यता र कृष्ण पौडेलको सञ्चालन, सुमन बानियाको जेसिज आस्था पाठ भएको कार्यक्रममा सुनिता बेल्वासेले स्वागत गरेकी थिइन । कार्यक्रमको समन्वय गर्ने काम पनि बेल्बासेले नै गरेकी थिइन् ।

बेनी बजारको रेडक्रस भवनमा सञ्चालित अर्जुन सपिङ सेन्टरको विशेष सहयोगमा उक्त कार्यक्रम गरेको म्याग्दी जेसिजका अध्यक्ष खत्रीले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दलबहादुर खड्का्, व्यवस्थापन समितिका अध्यक्ष फौदबहादुर चोखाल, शिक्षक अभिभावक सघका अध्यक्ष डेकबहादुर चोखाललगायतको उपस्थिती रहेको थियो।

आइतवार, मंसिर ११, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...