शारीरिक असक्षमताका बाबजुद विश्वप्रसिद्ध बनेका फुटबल खेलाडी मेस्सीको सफलताको कथा

‘आफ्नो सपना पुरा गर्न संघर्ष गर्नुपर्छ। यसका लागि तपाईले त्याग र कडा मेहेनत गर्नुपर्छ।’

यो भनाइ दुनियाँको सबैभन्दा महान फुटबल खेलाडी मध्ये एक लियोनल मेस्सीको हो। लियोनल मेस्सीलाई कुनै परिचयको आवश्यकता छैन। मानिसहरु उनलाई फुटबलको भगवानको नामबाट पनि चिन्दछन्।

उनले आफ्नो कमजोर आर्थिक पृष्ठभूमि, शारीरिक क्षमता र स्रोतको अभावलाई जितेर आफूलाई विश्वको सबैभन्दा ठूलो फुटबल खेलाडीको रुपमा परिचित गराउन सफल भए। जब मान्छे आफ्नो जीवनमा सफल हुन सक्दैन तब उसले आफ्नो असफलताको दोष अरुको टाउकोमा लगाउँछ, उसले बहाना बनाउँछ कि मेरो आर्थिक अवस्था राम्रो थिएन कि म केहि गर्न सक्छु, मसँग स्रोतसाधन थिएन कि म अघि बढ्न सकुँ वा ममा शारीरिक कमजोरी थियो, त्यसैले म छनोट हुन सकिनँ। यस्तै बहाना बनाएर मानिसहरु प्रायः आफ्नो भाग्यसँग हार मान्छन् र जीवनमा जे पाउँछन् त्यसलाई भगवानको इच्छा मान्छन् भने अर्कोतर्फ संसारमा यस्ता मानिसहरु पनि छन् जो आफ्नो कमी कमजोरीलाई ध्यान नदिई आफ्नो शक्तिको पहिचान गरेर त्यसतर्फ ध्यान दिन्छन् र आफ्नो असफलतालाई सफलतामा बदल्छन्।

यस्तै एक महान व्यक्तित्व मध्ये एक हुन् लियोनेल मेस्सी, जसले आफ्नो जीवनका सबै अवरोधहरू पार गर्दै विश्वको महान् फुटबल खेलाडी बन्न पुगेका छन्।

जीवन र संघर्षः

लियोनेल मेस्सीको जन्म २४ जुन, १९८७ मा अर्जेन्टिनामा भएको थियो। एक मध्यम वर्गीय परिवारमा जन्मिएका मेस्सीको प्रारम्भिक जीवन प्राय गरिबीमा बित्यो। उनका बुबा जर्ज मेस्सी एक स्टिल कारखानामा म्यानेजर थिए र उनकी आमा पनि कामदार महिला थिइन्। मेस्सीका आमाबाबु फुटबलप्रेमी थिए, जसका कारण उनीहरूका छोराछोरीहरू पनि सानैदेखि फुटबलमा लागेका थिए।

मेस्सीले सानैदेखि फुटबलप्रति आफ्नो लगाव देखाउन थालेका थिए। साना मेस्सीको यो प्रतिभा देखेर मेस्सीका बुबाले मेस्सीलाई केबल ५ वर्षको उमेरमा आफ्नो क्षेत्रमा रहेको फुटबल ट्रेनिङ क्लबमा सामेल गराए ताकि उनी फुटबल राम्रोसँग सिक्न सकोस् र ठूलो फुटबलर बन्न सकून्।

छोराको फुटबलप्रतिको लगाव र क्षमता देखेर मेस्सीका बुवा आफैंले उनलाई तालिम दिन्थे। एक आदर्श बुबा जस्तै, जर्जले धनको कमीको बाबजुद लियोको प्रशिक्षण जारी राखे र आफ्नो छोरालाई उत्कृष्ट बनाउन प्रयास गरिरहे।

आफ्नो असाधारण प्रतिभाको बलमा लियोनल मेस्सी ८ वर्षको उमेरमा न्यु वेल्स ओल्ड ब्वाइज नामक फुटबल क्लबमा सामेल भएका थिए। जहाँ उनको अभूतपूर्व कौशलले सबैको ध्यान आकर्षित गर्यो। यो मेस्सीको जादू थियो कि यति सानो उमेरमा ठूला प्रतिष्ठित फुटबल क्लबहरूको ध्यान मेस्सीतर्फ खिचियो।

संघर्षको सुरुवातः

जब मेस्सी केबल १० वर्षका थिए, उनको जीवनको संघर्ष निकै नाटकीय ढंगले सुरु भयो। लियोनल मेस्सी १० वर्षको हुँदा उनको शरीरमा ग्रोथ हार्मोनको ठूलो कमी भएको थाहा भयो, जसका कारण उनको शरीरको विकास रोकियो।

१० वर्षको उमेरमा, मेस्सी आफ्नो उमेरका बच्चाहरूको तुलनामा र आफुभन्दा साना उमेरका बच्चाहरूको तुलनामा पनि धेरै सानो र नाजुक थिए। आफ्नो बच्चामा यो असमानता देखेर मेस्सीको परिवारले चिकित्सा सहायता लिएपछि थाहा भयो कि मेस्सीको शरीरमा ग्रोथ हर्मोनको गम्भीर कमी थियो, जसका कारण उनको वृद्धि रोकिएको थियो र यो वृद्धि प्रक्रिया पुनः सुरु गर्न हरेक महिना हर्मोन इंजेक्शन दिनु आवश्यक थियो।

यो इंजेक्शन दिन प्रति महिना ९०० देखि १००० डलर खर्च लाग्थ्यो। मेस्सीका आमाबुवाको आर्थिक अवस्था त्यति राम्रो थिएन कि उनीहरुले हरेक महिना यति रकम उपचारमा मात्र खर्च गर्न सकियोस्। यो घटनापछि मेस्सीको करियर सुरु हुनुअघि नै समाप्त हुन्छ जस्तो लागेको थियो तर यो त सानो मेस्सीको जीवनको संघर्षको सुरुवात मात्र थियो।

यो रोग थाहा पाएपछि उनका आमाबाबु सबैभन्दा दुःखी भएका थिए किनभने उनीहरू आफ्नो छोरालाई ठूलो फुटबल खेलाडी बनोस् भन्ने चाहन्थे तर यो घटनापछि उनीहरुको सपना चकनाचुर भएको महसुस गरे।

शारीरिक अभावले बाटो रोक्यो

मेस्सी प्रतिभाशाली खेलाडी थिए, उनको प्रतिभा देखेर धेरै फुटबल क्लबहरूले उनलाई आफ्नो क्लबमा समावेश गर्न चासो देखाएका थिए तर यो रोग पहिलो पटक मेस्सीको सफलतामा बाधक बनेको थियो। जब अर्जेन्टिनाको रिभर प्लेट एफसी नामक क्लबले मेस्सीको प्रतिभालाई देखेर आफ्नो टीममा लिने निर्णय गरेका थिए तर जब उनीहरुलाई मेस्सीको स्वास्थ्य अवस्थाको बारेमा थाहा भयो उनीहरूले आफ्नो निर्णय परिवर्तन गरे। र पैसाको अभाव भएकाले खेलाडीको उपचारका लागि त्यति पैसा खर्च गर्न नसक्ने भन्दै टोलीमा छनोट गर्न अस्वीकार गरे।

मेस्सी एक प्रतिभाशाली खेलाडी थिए, तर यो समयमा एक शारीरिक कमजोरीले उनबाट सबै चीज खोसेको थियो। जसलाई ठूला प्रतिष्ठित फुटबल क्लबहरूले आफ्नो क्लबमा समावेश गर्न एकअर्कासँग प्रतिस्पर्धा गर्थे, त्यो समयमा शारीरिक कमजोरीका कारण उनलाई कसैले चिन्न सकेनन्, स्वीकार गर्न चाहेनन्। यो घटनाले कसैलाई पनि निरुत्साहित गर्न सक्छ, तर पनि मेस्सीले कहिल्यै हार मानेनन्, न त यी चुनौतीहरूको बीचमा कहिल्यै आत्मसमर्पण गरे, न त आफूलाई कमजोर बन्न दिए।

यी सबै चुनौतीका बाबजुद पनि मेस्सीले आफूलाई कमजोर हुनबाट जोगाए र आफ्नो प्रतिभामा विश्वास गरेर आफूलाई आशावादी राखे। तर भनिन्छ, जोशिलो र प्रतिभाशाली व्यक्तिको दुःख धेरै दिन टिक्दैन। सबै कमीकमजोरीलाई बेवास्ता गर्दै मेस्सीले जसरी आफ्नो प्रतिभा र मेहनतलाई बढाइरहेका थिए, आखिरमा त्यसले राम्रो फल दियो।

१३ वर्षको उमेरमा एफसी बार्सिलोनाका निर्देशक कार्लेक्स रेचटेसले मेस्सीको प्रतिभाको बारेमा थाहा पाएपछि लियोनल मेस्सीको जीवनले ठूलो मोड लियो। मेस्सीको असाधारण प्रतिभा र खेल देखेर कार्लेक्स रेचसले मेस्सीलाई आफ्नो क्लबमा सामेल गरे र मेस्सीको ग्रोथ हर्मोन उपचारको खर्च स्वीकृत गरे तर मेस्सी अर्जेन्टिना छोडेर उनीसँगै स्पेन जाने सर्त राखे ताकि उनी आफ्नो फुटबल करियर अगाडि बढाउन सकोस्।

यो मेस्सीको लागि उनको जीवनको टर्निङ प्वाइन्ट साबित भयो। एफसी बार्सिलोनाबाट छनोट भएपछि सर्त अनुसार मेस्सी अर्जेन्टिना छाडेर बाबुसँग स्पेन गए। स्पेन गएपछि उनलाई प्रतिष्ठित क्लबमा तालिमका लागि भर्ना गरियो जहाँ धेरै प्रतिभाशाली फुटबल खेलाडीहरूले तालिम लिएका थिए। मेस्सी बाल्यकालदेखि नै प्रतिभाशाली खेलाडी थिए, उनी प्रतिभा, जोश र क्षमताले भरिपूर्ण थिए, एफसी बार्सिलोनामा सामेल भएर उनको प्रतिभा थप निखारिएको थियो।

मेस्सीले कडा तालिम लिए, कडा परिश्रम गरे र दृढताका साथ आफूलाई दिइएको अवसर र कार्लेक्स रेचट्सले आफूमा गरेको विश्वासलाई सही ठहराए। विश्वले अहिलेसम्म देखेका महान फुटबल खेलाडीहरूमध्ये एक बने।

जसरी घाम धेरैबेर लुक्न सक्दैन, त्यसैगरी प्रतिभाले पनि धेरैबेर लुक्न सक्दैन।

आफ्नो दृढता र फुटबलको लागि लगावको कारण मेस्सीले १६ वर्षको उमेरमा बार्सिलोनाको तर्फबाट आफ्नो पहिलो आधिकारिक उपस्थिति देखाए र बार्सिलोनाले खेल जित्यो।

२००० र २००५ का सिजनहरूमा, मेस्सीले पहिलो पटक मैदानमा प्रवेश गरे र मैदानमा गोल गर्ने सबैभन्दा कान्छो फुटबलरको कीर्तिमान तोडे र लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बने। त्यस पछि मेस्सीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन, मेस्सीले आफ्नो उत्कृष्ट खेलले बार्सिलोनालाई सफलताको उचाइमा पुर्याए, विशेषगरी २००९ मा बार्सिलोनाले च्याम्पियन्स लिग, ला लिगा स्पेनिस सुपर कपको उपाधि जितेको थियो।

२००६ मा, मेस्सी अर्जेन्टिनाको लागि फिफा विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी बने र २००८ मा, मेस्सीले अर्जेन्टिना ओलम्पिक फुटबल टोलीको प्रतिनिधित्व गर्दै बेइजिङमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जिते। मेस्सी आफ्नो प्रतिभामा धेरै धनी थिए र उनी जसरी खेल खेल्दथे त्यसलाई देखेर जो कोही पनि उनको दिवाना हुन्थ्यो।

सन् २००९ को सिजनमा मेस्सीले जम्मा ४९ गोल गरेका थिए। यति धेरै गोल गरेपछि मेस्सीका प्रबन्धकले मानिसहरूलाई भनेका थिए, ‘मेस्सी आफूले देखेको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्।’ यति मात्र होइन, अर्जेन्टिना र विश्वको सबैभन्दा महान खेलाडिहरुमध्ये एक म्याराडोनाले मेस्सीमा आफूलाई देखेको भन्दै मेस्सीको प्रशंसा गरेका थिए।

मेस्सी केवल २५ वर्षको उमेरमा ला लिगामा २०० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने, साथै लगातार चाइ पिटा अवार्ड जित्ने पहिलो फुटबलरको रूपमा आफ्नो नाम बनाए।

मेस्सीका केही अन्य उपलब्धिहरुः

सबैभन्दा धेरै बालोन डी’ओर अवार्ड–६

सबैभन्दा धेरै फिफा वर्ष खेलाडी अवार्ड–६

सबैभन्दा धेरै फिफा विश्वकप गोल्डेन बल–२

सबैभन्दा युरोपियन गोल्डेन शु पुरस्कार–६

सबैभन्दा छिटो १०० यूईएफए गोल गर्ने खेलाडी

एउटै युरोपेली क्लबका लागि ४०० भन्दा बढी गोल गर्ने सबैभन्दा कान्छो खेलाडी

यूईएफए च्याम्पियनसिपमा सबैभन्दा धेरै ह्याट्रिक

मेस्सीले लगातार दुई विश्वकप, दुई यूईएफए सुपर कप, ३ च्याम्पियन्स लिग, ६ ला लिगा लिग जस्ता धेरै फुटबल कीर्तिमान तोडेका छन्। फोर्ब्सका अनुसार सन् २०११ मा मेस्सीको कुल सम्पत्ति (नेटवर्थ) ११० मिलियन डलरभन्दा बढी थियो। फोर्ब्सको नयाँ तथ्याङ्क अनुसार २०१९ मा मेस्सी तलबको हिसाबले विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका थिए।

विश्वको उत्कृष्ट फुटबलर बनेपछि पनि मेस्सीले आफ्नो विगतको कठिन समय बिर्सेका छैनन्, त्यसैले मेस्सीले २००७ मा मेस्सी फाउन्डेसन सुरु गरे, जुन गरिब बालबालिकालाई स्वास्थ्य, सेवा र शिक्षा प्रदान गर्न समर्पित छ।

बिहिबार, मंसिर १५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...