न्यानो माया कार्यक्रम अन्तर्गत पुन:३१ जना विधार्थी लाभान्वित

सुनिता बेल्बासे
म्याग्दी जेसीजको न्यानो माया कार्यक्रम अन्तर्गत पुन:३१ जना विधार्थी लाभान्वित भएका छन ।
सोमवार म्याग्दी जेसिजले मगला गाउपालिका ३ बरजाको श्री जनपृय आधारभुत विधालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार विधालयको ३५ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसरमा विधालयका आर्थिक अवस्था कमजोर रहेका परिवारका ३१ जना वालवालिकालाइ न्यानो सुइटर वितरण गरिएको हो । कार्यक्रम मिलन रोकाको अध्यक्षता,वर्डा अध्यक्ष याम बहादुर रोकाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै म्याग्दी जेसिजको २०२३ का अध्यक्ष सुमन बानियाले गाउँ केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ । २०२३ को पदस्थापना पछि यो पहिलो कार्यक्रम हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । विधालय र न्यु स्टार युवा क्लवको वार्षिकोत्सबको अवसरमा जिल्ला स्तरिय मावी वकृतित्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ।समाज परिवर्तनमा युवाको भुमिका विषयक वकृत्त्वकला प्रतियोगितामा प्रकाश मावी प्रथम,न्यु वेस्ट प्वाइन्ट दितिय, म्याग्दी एकेडमी तृतिय, महेन्द्र रत्न मावी र जामुना खर्क माविले सान्त्ना स्थान हासिल गरेका छन । प्रथम,द्दितिय,तृतिय र सान्त्वना हुने विधालयले क्रमश ८ हजार ,५ हजार, ३ हजार नगद सहित प्रमाण पत्र दिइएको थियो ।
प्रतियोगितामा जिल्लाका ९ माध्यमिक विधालयको सहभागीता रहेको थियो ।

मङ्लबार, माघ १७, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...