भिटामिनको महत्व

बिन्जु खड्का
हाम्रो शरीरको अन्तरदहन र प्रतिवद्र्धन कामको लागि नभई नहुने वस्तु हो । शरीरको वृद्धि, विकास तथा सामान्य स्वास्थ्यका लागि आवश्यक जैविक मिश्रण नै भिटामिन हो । भिटामिनले रोगबाट बच्न मद्दत गर्छ । यिनिहरु अत्यन्तै कम मात्रामा आवश्यक भएपनि शरीरलाई सक्षम कार्यसंचालन गर्न अति आवश्यक पर्छ । भिटामिनहरु मुख्य दुई भागमा बाँड्न सकिन्छ ।
१.पानीमा घोलिने भिटामिनहरु (water soluble vitamins): यिनीहरु पानीमा घोलिन्छन् तर चिल्लोमा घोलिदैनन् । भिटामिन B Complex र भिटामिन C । २.चिल्लोमा घोलिने भिटामिनहरु -Fat soluble vitamins): यी चिल्लो पदार्थमा मात्र घोलिने भिटामिन हुन र शरीरमा छ महिनासम्म स्टक रहन सक्छन । Vitamin A, D, E यो समूहमा पर्छन । पहिले–पहिले भिटामिनलाई अंग्रेजी वर्णमालाको अक्षरबाट A, B, C, D, E भनेर बोलाइन्थ्यो । आजकल हरेक भिटामिनको वैज्ञानिक नाम दिइएको छ ।
भिटामिन ‘ए’ (Vitamin A) Retinol
भिटामिन ‘ए’ आँखाको भाग रेटिनामा महत्वपूर्ण काम गर्ने हुनाले त्यसको नाम रेटिनोल राखिएको हो । यसले मधुरो प्रकाशलाई छर्लङ हेर्न मद्दत गर्दछ । भिटामिन ‘ए’ ले छालाको Epithelial cell, Respiratory activities र Skin cells पनि ठीक अवस्थामा राख्छ । यसले हाड कडा बनाउने काम पनि गर्दछ । भिटामिन ‘ए’ को कमी भएमा रतन्धो (Night blindness) जरोसिस (Xerosis) स्पट (bitots spots) केराटोमलेसिया (Keratomalacis) आदि हुन्छ । भिटामिन ‘ए’ माछाको तेल, माछा, नौनी, अण्डाको पहेंलो भाग, घिउ आदिमा पाइन्छ । क्यारोटिन गाजर, हरियो सागपात, आँप, फर्सी, पालुङोमा पाइन्छ ।
भिटामिन ‘डी’ (Vitamin D) Calciferol The English Disease
धेरै समयअघि बेलायतमा भिटामिन ‘डी’ को अभावमा रिकेट्स भन्ने रोग लागेको हुनाले यसलाई The English disease पनि भन्छन् । भिटामिन ‘डी’ को अर्को नाम क्याल्सिफेरोल calceferol हो । यो स्टेरोलहरुबाट पनि बन्दछ । भिटामिन ‘ए’ मा पाइने खाद्य स्रोतमा यो भिटामिन पनि प्रायः पाइन्छ । भिटामिन ‘डी’ सेतो, गन्धहिन र स्वादबिहीन क्रिस्टल हो । यो चिल्लो पदार्थमा घोलिन सक्छ र ताप, अक्सिजन, अम्ल तथा क्षारले कुनै असर पार्न सक्दैन । यसमा कार्बन, हाइड्रोजन, अक्सिजनका अणु समागम भएका हुन्छन् ।
भिटामिन ‘डी’ को कामहरुः हाडको वृद्धि र क्याल्सियम र फोस्फरसले भिटामिन ‘डी’ नभई हाड बनाउन सक्दैनन् ।
भिटामिन ‘डी’ को कमीबाट हुने रोगः रिकेट्स (Rickets): हाड नरम हुने, खुट्टा बाउँडिने, जोर्नीहरु सुनिएको देखिने हुन्छ । रिकेट्स रोजरी (Richetic Rosary): छातिको करङको टुप्पोमा डल्लोजस्तो दे्खिन्छ । अष्टियो मलेसिया (Osteo Malacia): यो वयस्कमा हुन्छ र हाड कमलो बन्छ । भिटामिन ‘डी’ को साथै क्याल्सियम र फस्फरस कम भएमा पनि यस्तो हुन्छ ।
यी तीनै अवस्थामा हाडहरु दुख्ने, भ¥याङ उक्लन, ओर्लन नसक्ने तथा विरामी कमजोर हुने गर्छन् । यो थाहा हुनासाथ भिटामिन डी प्रशस्त मात्रामा खुवाएमा ४–८ हप्तामा निको हुन्छ । घाम लाग्ने देशमा त खास समस्या पर्दैन तर घाम कम लाग्ने मुलुकमा र सबै शरीर ढाक्नु पर्ने बाध्यता भएकोमा यो रोग बढी पाइन्छ । घाममा बस्दा शरीर खुला गरेर बस्नुपर्छ ।
भिटामिन ‘इ’ (Vitamin E, Tocopherol):
सन्तानोत्पतिका लागि आवश्यक भिटामिन ‘इ’ चिल्लोमा घोलिने, पहेंलो, तेलजस्तो झोल हो । शरीमा यसले भिटामिन ‘ए’ र क्यारेटिनलाई अक्सीकरण हुनबाट जोगाउँछ साथै रगतमा प्राणवायुसँग मिसिएर रातो रक्त कणिकालाई अन्य हानिकारक तत्वबाट जोगाउँदछ । घ्यू वा तेलको ठूला ठूला उद्योगमा यो भिटामिन घयू तेल जोगाउन प्रयोग गरिन्छ ।
भिटामिन ‘इ’ को कमी भएमाः
१) लोग्ने मानिस वा स्वास्नी मानिस सन्तान उत्पत्तिमा अवरोध हुनु । २) रातो रक्तकोष नष्ट हुँदै जानुः भविष्यमा प्रोटिन पनि कम हुँदै गएका कलेजोमा Necrosis हुनसक्छ ।
भिटामिन ‘इ’ के–केमा पाइन्छ ?
तेल, घ्यू, जनावरी खाद्यवस्तु, गहुँ र मकैको आँख्ला पेलेर निकालेको तेलमा यो पाइन्छ । यो शरीरमा ६ महिनासम्म सञ्चित हुन्छ । भिटामिन ‘के’ (Vitamin K) Nepthoquinone, Coagulation यो सामान्य पहेंलो तेल जस्तो, चिल्लो पदार्थमा घोलिने क्षार, अम्ल तथा अक्सीकरणबाट नष्ट हुने भिटामिन हो र रगत थाम्ने प्रक्रियामा प्रयोग गरिन्छ । प्रकृतिमा यो भिटामिन ‘के’ सागपातमा र vitamin K जीवाणुको प्रक्रियाबाट तयार गरिन्छ । कामहरुः भिटामिन ‘के’ रगत जमाउन र कलेजोको काम सुचारुरुपले सञ्चालन गर्नमा प्रयोग हुन्छ । भिटामिन ‘के’ को कमी हुनाको कारणः भोजनमा कम हुनुु, राम्रोसँग पाचनक्रियाबाट शोषण गर्न नसक्नु, कलेजोको गडबडीले प्रोथीम्बिन बन्न नसक्नु,
भिटामिन ‘के’ के–केमा पाइन्छ ?
भिटामिन ‘के’ पालुंगो, बन्दाकोभी, काउली तथा वनस्पति भोजनमा पाइन्छ । माछा, मासुमा पाइँदैन । भिटामिन ‘सी’: Ascorbic Acid, Scurvy सुन्तला, कागती, अमला आदि ताजा फलफूलमा पाइने भिटामिन हो । यो अति सुलभ र आवश्यक भिटामिन हो । यसको कमी भएमा दाँतबाट रगत बग्ने स्कर्भी (Scurvy) र छाला खस्रो हुने रोग (Dermatosos) हुन्छ ।
भिटामिन ‘सी’ का कार्यहरुः कोल्याजेन बनाउनु हाम्रा शरीरका अनेकौ. जीवकोषलाई एकै ठाँउमा मिलाएर राख्नु, एकै ढीक्का पारेर राख्नु धागाको जालीजस्तै कोल्याजेनको ठूलो महत्व हुन्छ र यो बनाउने काम कोल्याजेनले गर्दछ । भिटामिन ‘सी’ को कमीले दाँतको जरा हल्लिन्छन्, रगत बग्छ तथा लामा हाडहरु सुनिने पनि हुन्छ । लोह तत्वको शोषणमा मद्दत गर्नु । टाइरोसिन एमिनो एसिडमा प्रतिवद्र्धन गर्न काम गर्नु र घाउ निको पार्नमा सहयोग गर्दछ ।
भिटामिन ‘सी’ को कमी :
१) स्कर्भी (Scurvy): बालकमा वृद्धि राम्रो नहुनु, हात र खुट्टा दुख्नु, लामो हाड सुनिनु, बच्चा सुस्त हुनु, गिजा सुनिनु, वयस्कमा गिजाबाट रगत बग्नु, दाँतको जरा कमजोर हुनु, हल्लिनु, दुख्ने हुन्छ । भिटामिन ‘सी’ बच्चालाई २५–३० मि.ग्रा. र ठूलोलाई ५०–६० मि.ग्रा. दिनुपर्छ । भिटामिन ‘सी’ शाकाहारी भोजनमा पाइन्छ । तर यो चाँडै नै नष्ट हुने हुनाले हामीले चाहिनेभन्दा ३ दोब्बर खानुपर्छ । प्रेसर कुकरमा पकाउँदा भिटामिन ‘सी’ नष्ट हुन्छ । काटेर धेरै बेरसम्म राखेमा, तरकारी काटेर पखालेमा, पकाउँदाखेरीको पानी फालेमा भिटामिन ‘सी’ नष्ट हुन्छ । ताजा तरकारी र फलफूल खाएमा भिटामिन ‘सी’ बढी पाइन्छ ।
भिटामिन ‘बी’ कम्प्लेक्सः
यो पानीमा घोलिने भिटामिन भएको हुनाले शरीमा संचित रहँदैन । त्यसैले यसको दैनिक आपूर्ति हुन जरुरी हुन्छ । विभिन्न प्रकारका भिटामिन ‘बी’ का जातहरुलाई भिटामिन ‘बी’ कम्प्लेक्स भन्ने चलन छ । यिनीहरुको बनावटमा निकटम सम्बन्ध छ । खास गरेर हामीले खाने खाद्य पदार्थको मेटाबोलिज्म प्रक्रियाको लागि यो महत्वपूर्ण हुन्छ ।
भिटामिन ‘बी१’ मा थायामिनः यो धेरैजसो सेतो फलेको चामलभन्दा नफलेको चामलमा पाइन्छ र यसको कमीबाट बेरी बेरी भन्ने रोग लाग्छ । यो प्रकृतिमा पाइने सबैजसो वनस्पतिहरुमा पाइन्छ । उसिनेको चामल र ढिकीमा कुटेको चामलमा बढी पाइन्छ । माछामासुमा केही मात्रामा थायमिन पाइन्छ । थायमिन पानीमा घोलिन सक्ने, तातोबाट तत्काल नष्ट हुने भिटामिन भएकाले तरकारी, फलफूल काट्दा, पखाल्दा, पकाउँदाको पानी झिकेर फाल्नु हुँदैन । थायमिन कार्बोहाइडे«ट मेटाबोलिज्मको लागि आवश्यक हुन्छ तथा स्नायु प्रणालीको कार्यसञ्चालनमा समेत यसले राम्रो भूमिका खेल्छ । यसको कमीबाट सुख्खा बेरीबेरी, पानी भरिएको बेरीबेरी र इन्फेन्टाइल बेरीबेरी हुनसक्छ । बेरीबेरीमा सामान्य लक्षणमा हातखुट्टा झमझमाउने, लट्टिएका जस्ता हुने तथा हिड्न नसक्ने हुन्छ ।
भिटामिन बी२ ः यो शरीरमा कार्बोहाइड्रेट, प्रोटिन र बोसोको भेटाबोलिज्म काममा इन्जाइमको काम गर्दछ । छाला र आँखा स्वस्थ राख्न, जनावर, वनस्पति सबैको वृद्धिको लागि तथा श्वासप्रश्वास क्रियामा पनि यो काम लाग्छ । यसको अभावमा जिभ्रोमा खटिरा आउने मुखको दुवै कुनामा खटिरा आउने, कान र नाक वरिपरि कत्ला जम्ने, आँखा चिलाउने, भतभत पोल्ने, आँसु बगिरहने, अनुहारमा घाउ आउने र आँखा रातो हुन्छ । यो दूध, कलेजो, माछा, मासु फुल आदिबाट प्राप्त हुन्छ ।
भिटामिन बी६ः (Vitamin B6) Pyridoxine
यो पानीमा घोलिने, प्रकाशबाट नष्ट हुने आवश्य भिटामिन हो । यो खास गरी मगजका स्नायुबाट सामान्य स्थ्तििमा राख्छ र एमिनो एसीड (प्रोटिन) को मेटाबोलिज्ममा कोइन्जाइमको काम गर्दछ । यसको कमीबाट स्नायु कमजोर हुन्छ र बच्चाहरु रुन्चे स्वभावका हुन्छन् । बच्चाहरुलाई मूर्छा पर्ने रोग पनि हुनसक्छ । वयस्कमा मुखमा, दाँतको जरा, गिजामा घाउ आउनु, निद्रा नपर्नु, झम्म पर्नु, चर्म रोग आदि पनि हुन्छ । सामान्यतयाः १–२० एमजि दैनिक पर्याप्त हुने हुँदा धेरै नै कमी नभइकन यो रोगका लक्षण देखा पर्दैनन् । दूध बढी खाने, खाद्यवस्तु कम खानेलाई पनि यो हुनसक्छ । वनस्पति तथा आद्यवस्तु दुवैमा यो पर्यात पाइन्छ । त्यसैले शाकाहारी वा मांसाहारी दुवैमा यो रोग कम मात्रामा देखा पर्छ ।
नायसिन ः यो छाला, आन्द्रा र मगजमा अत्वावश्यक भएको हुनाले यसको अभावमा यी अंगका रोगहरु लाग्न सक्छ । खास गरेर यो भिटामिनको कमीबाट पेलेग्रा (Pellegra) भन्ने रोग लाग्छ । पेलेग्रामा ३ वटा डी (Dermititis, Diarrhoea and Dementia) चालाको कत्ला उठ्ने, खस्रो हुने, चिलाउने, पखाला लाग्ने तथा मगज सुस्त हुने हुन्छ । पछि गएर वाकवाकी लाग्ने, भोक नलाग्ने, वान्ता हुने पनि हुन्छ । अन्तिममा विरामी बेहोस हुने तथा बहुलापन पनि हुने गर्दछ । यो शरीरभित्र बन्न सक्छ, त्यसैले यसको बेग्लै आपूर्ति नहुँदा पनि रोग लाग्दैन । थायमिन बी१ र राइबोफलाइबिन बी२ पाइने खाद्यवस्तुहरुमा यो पाइन्छ । वयस्कबाट दैनि २० मि.ग्रा. जरुरत पर्छ । खाना पकाउँदा प्रायः २५ प्रतिशत भिटामिन नष्ट हुन्छ ।
भिटामिन बी१२ (Vitamin B12 Cyanacobalamine
यो शरीरमा आवश्यक पर्ने साइनाकोवालामिन समूहको भिटामिन हो र कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र फोस्फोरस र कोबाल्ट खनिज पदार्थ मिलेर बनेको हुन्छ । पौष्टिक तत्व राम्रोसँग अवशोषण नभएमा रक्तकोषिहरु सामान्य अवस्थाभन्दा ठूलो मेगातोब्लास्ट हुन्छ । यसले पर्नेसियम एनेमिया बनाउँछ । मेथिओनिन एमिनो एसिड बनाउनमा मद्धत गर्छ । यसले श्वेत रक्तकणिका र प्लेटलेट्स बनाउनमा मद्दत गर्छ । भिटामिन बी१२ को कमीले हुने रोगमा खास गरेर पर्निसियम एनिमिया हो । यसमा रातार रक्तकोषहरुको संख्या घट्नु तथा आकारमा ठूलो हुन्छ । खास गरेर परीक्षण गर्दा फियो बढ्ने, कलेजा, फियो र मृगौलामा लौहतत्व जम्मा हुनु, हेमोग्लोबिन घट्नु, जिब्रोमा घाउ आउनु, हातखुट्टा झमझमाउने, विरामी फुस्रो देखिने हुन्छ । भिटामिन बी१२ दैनिक माछाको १००० ग्राम दिनको २ पटक १५ दिनसम्म र त्यसपछि ५०० ग्राम प्रतिहप्ता र २५० मा. ग्रा. प्रतिहप्ता दिए पुग्छ । भिटामिन बी१२ जनावरी खाद्यस्रोतमा मात्र पाइन्छ, त्यसैले शाकाहारी व्यक्तिहरुमा बढी पाइन्छ । जसले दूध पनि खाँदैन, उनीहरुलाई बढी देखिन्छ । शाकाहारी व्यक्तिले दूधबाट आपूर्ति हुन्छ भने मांसाहारी व्यक्तिलाई खास समस्या पर्दैन । गर्भवती अवस्थामा बढी एनिमिया देखिनु हुँदा माछा, मासु, फलफूल, दूध, अण्डा खाएमा कुनै समस्या पर्दैन ।
खनिजतत्व (Minerals)
सामान्यतः सम्पूर्ण शरीरका तन्तुहरु तथा तरल पदार्थमा पाइने जैविक भन्दा बाहेकका तत्वहरु नै खनिज तत्व हुन् । शारीरिक प्रक्रियाहरु नियमित गर्न आवश्यक पोषण तत्व नै खनिज तत्व हो । यस अन्तर्गत सोडियम, पोटासियम, क्याल्सियम, फोसफोरस, फलाम तत्व आदि पर्दछन् । स्वस्थ दाँत तथा बलियो हड्डीका लागि क्याल्सियम र फोसफोरस आवश्यक छन् । फलाम तत्व रगतका लागि आवश्यक हुन्छ । शरीरमा इलेक्ट्रोलाइट सन्तुलन तथा तरल पदार्थको नियन्त्रणका लागि सोडियम तथा पोटासियमको उचित अनुपात आवश्यक हुन्छ ।

मङ्लबार, मंसिर ७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...