अभियान के का लागि ?

निरन्तर
गोविन्द नेपाली
पृष्ठभूमि
नेकपा(एमाले) ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराकासाथ मंसिरदेखि सुरु भई फागुनसम्म चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ संचालन गरेको छ । बागलुङमा भने यहि मंसिर २५, २६ र २७ गते हुन गैरहेको आठौँ जिल्ला अधिवेशनका कारण पार्टीको केन्द्रीय अभियान र त्यसले तय गरेको उद्देश्य तथा कार्यक्रमअन्तर्गत जिल्ला अधिवेशनको थप कार्यभारसहित असोज १८ गतेवाट नै अभियानको सुभारम्भ भईसकेको छ । “संविधानको कार्यान्वयन एमालेको अभियान, आठौँ जिल्ला अधिवेशनका लागि सिङ्गो पार्टी परिचालन” भन्ने स्थानीय नाराका साथ संचालित अभियानको नाम “संविधानको कार्यान्वयन र आठौँ जिल्ला अधिवेशनका लागि एमाले बागलुङको अभियान–२०७३” रहेको छ ।
यसबीचमा नेकपा (एमाले), जिल्ला कमिटी बागलुङको १३ औँ बैठक मंसिर ३ गते बागलुङ बजारमा सम्पन्न भईसकेको छ । बैठकले जारी अभियानअन्तर्गत प्रथम चरणको अभियानको गम्भिर र मुर्त समिक्षा गर्दै अभियान अन्तर्गत बाँकी रहेका कार्यक्रम सम्पन्न गर्ने र जिल्ला अधिवेशनको अन्तिम तयारीका लागि आगामी कार्ययोजना सहित मातहत कमिटीहरुमा आफ्नो अन्तरसंगठन निर्देशन समेत जारी गर्दै अभियानको पहिलो चरणका क्रममा बाँकी रहेका गाउँ तथा नगरका वडाका अधिवेशन तथा कार्यक्रमहरु मंसिर १८ गतेसम्म सम्पन्न गर्न क्लस्टर उत्प्रेरक तथा संयोजकहरुलाई निर्देशन दिएको छभने मंसिर १८ गते ५९ गा.वि.स., नगरका ११ वटा वडा र ५ वटा शाखा कमिटीहरुमा एकैदिन जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । जसमा प्रतिनिधि छनौटको विधि र मापदण्ड यसरी तय गरेको छः
क) खुलातर्फ पुरुष पार्टी सदस्यका लागि ७ जना पार्टी सदस्य बरावर १ जना प्रतिनिधि
ख) आदिवासी जनजाति पार्टी सदस्यका लागि ५ जना पार्टी सदस्य वरावर १ जना प्रतिनिधि । ग) महिला र दलित पार्टी सदस्यका लागि ३ जना पार्टी सदस्य बरावर १ जना प्रतिनिधि
घ) अल्पसङ्यक समुदाय (कुमाल, मुस्लिम, गायक, तामाङ र भुजेल) र मजदुरका लागि सबै पार्टी सदस्य प्रतिनिधि रहने
ङ) प्रतिनिधि छनौटका क्रममा सर्वसम्मत हुन नसकेमा सम्वन्धित भुगोलमा रहेका सम्पूर्ण पार्टी सदस्यहरुको बीचबाट निर्वाचन गरी टुङ्गाउनुपर्ने ।
च) प्रतिनिधिको विवरण ( नाम, ठेगाना, पार्टी सदस्यता नम्वर, पार्टी सदस्यता प्राप्त मिति र २ प्रति पासपोर्ट साइजको फोटो) मंसिर २२ गतेभित्र प्रतिनिधि छनौटको निर्णय प्रक्रियाको प्रतिलिपि र सम्वन्धित कमिटीका अध्यक्षको सिफारिस सहित जिल्ला अधिवेशन प्रतिनिधि व्यवस्थापन उप–समितिलाई उपलव्ध गराउनुपर्ने ।
छ) विधानतः अवधि सकिएका कमिटीहरुले अधिवेशन गरी अद्यावधिक गरेर मात्र जिल्ला अधिवेशनमा प्रतिनिधि चयन गर्नुपर्ने ।
ज) अधिवेशनमा प्रतिनिधि मनोनित नगर्ने । साथै बैठकले, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु विधानको धारा ४०(ग) बमोजिम आयोजक रहने तथा अधिवेशनमा प्रतिनिधि हुनका लागि आ–आफ्नो पार्टी सदस्य रहेको भुगोलबाट निर्वाचित हुुनुपर्ने साथै जनजाति र दलित महिला पार्टी सदस्यले प्रतिनिधि छनौटका क्रममा महिला वा जनजाति÷दलितमध्ये कुनै एक निर्वाचन क्षेत्रमा मात्र सहभागी हुनुपर्ने समेत स्पष्ट पारेको छ  ।
बैठकले अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका पार्टी अध्यक्ष कमरेड श्रीप्रसाद शर्माको संयोजकत्वमा गठित मुल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । पूर्णता दिए अनुसार, मुल व्यवस्थापन समितिका सदस्यहरुमा पार्टी जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु, जिल्ला सल्लाहाकार परिषदका सदस्यहरु, पार्टी निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु, वागलुङ–काठमार्डा सम्पर्क मञ्चका पदाधिकारीहरु,, पार्टी नगर कमिटीका पदाधिकारीहरु, गाउँ कमिटी, नगरका वडा र शाखा कमिटीका अध्यक्षहरु रहने छन् । त्यस्तै, बैठकले १० वटा उप–समितिलाई पनि सचिव र सदस्यसहित पूर्णता दिएको छ । यी त भए केवल जानकारीका लागी । अब, स्तम्भको निरन्तर प्रसङ्गतर्फ लागौँ ।
अभियान के का लागि ?
…यो गत अंककै निरन्तरता हो ।…संविधान निर्माण र जारी गर्नका लागि पार्टीले खेलेको ऐतिहासिक भूमिकाका वारेमा जनतालाई अझ प्रष्ट पार्दै पार्टीका पक्षमा जनमत निर्माण गर्नु तथा संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि जनदवाव सिर्जना गर्न जरुरी छ ।
२. सरकार सञ्चालनका क्रममा एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको लोकप्रिय बजेट र हासिल गरेको जनपक्षिय श्रेष्ठताको प्रचार–प्रसार गर्नु
मृगौला रोगीलाई निशुल्क ‘डायलोसिस’
नेपालमा बर्षेनी ३ हजार मृगौलाका नयाँ रोगी थपिने गरेको तथ्याङ्क पाइन्छ । मृगौला बिग्रिसकेपछि केहि समय हेमोडायलासिस गरेपनि मृगौला फेर्नुको बिकल्प हुन्न । तर, मृगौला प्रत्यारोपण अहिले पनि धेरै नेपालीका लागि आर्थिक हिसाबले कठिन र कम सेवा पाईरहेको क्षेत्र हो । मृगौलाले काम गर्न छोडेपछि महँगो र लगातार उपचार गराईरहनु पर्ने हुन्छ डायलोसिस’ गर्न होस् वा मृगौला प्रत्यारोपण, धेरै महँगो र झन्झटिलो प्रक्रिया हो । नेपालका प्रायःजसो अस्पतालमा एकचोटी हेमोडायलायसिस गर्न ४ देखि ५ हजार लाग्छ । पैसाको अभावमा मृगौला रोगीहरुले ‘डायलोसिस’ सेवा लिन नसकिरहेको सन्दर्भमा मृगौला रोगीहरुलाई डायलोसिस’ निःशुल्क हुने निर्णय गरेको छ । मृगौला खराव भएर अस्पतालमा उपचार गराउँदा जग्गा जमिन वेच्नुपर्ने नेपालीको वाध्यता रहेको अवस्थामा उक्त निर्णय सह्राहनिय र महत्वपूर्ण रहेको छ ।
सामाजिक सुरक्षा भत्तामा दोव्वर
वास्तवमा सामाजिक सुरक्षा भत्तासँग एमालेको गौरवपूर्ण इतिहास र स्पष्ट दृष्टिकोण जाडिएको छ । वृद्ध अवस्थामा रहेका नागरिक, एकल महिला लगायतलाई राहात प्रदान गर्ने कामको सुरुवात एमालेले ने गरेको हो । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको एमाले सरकारले एक सय रुपियाँ प्रति महिना वृद्धहरुलाई भत्ता दिएर सुरु गरिएको वृद्ध, एकल महिला लगायतको सामाजिक सुरक्षा भत्तालाई ओली नेतृत्वको सरकारले दोव्वर बनाएको छ । (बाँकी अर्को अंकमा)

मङ्लबार, मंसिर ७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...