निलगिरी यातायात प्रालिको आयोजनामा म्याग्दीको सदरमुकाम बेनी कालिपुलस्थित कभर्ड हलमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिमा सम्पन्न भएको छ। नयाँ बर्ष २०८१ सालको पावन अवसरमा आयोजित प्रतियोगिताको समूह ‘सि’बाट अभिशेक नेपाली, सफल कँडेल प्रथम, लोकेश पुन, बिक्रम सुबेदी द्धितिय र जीवन कार्की, तारा पुन, टिका पूर्जा र दल पुनको जोडी तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ३० हजार, २० हजार, ५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यस्तै समूह ‘डि’मा ललिन्द्र थापामगर, पूर्ण पूर्जा मगरको जोडी प्रथम, मदन लामा र सागर मगराती द्धितिय र प्रविण शाही, विजय किसान, सोम घले र अमन घले तृतिय भएका छन । प्रथम द्धितिय र तृतिय हुनेले क्रमश २० हजार, १२ हजार र ४–४ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक निलगिरी यातायात प्रालिका सञ्चालक यज्ञबहादुर थापा (विजय)ले बताए ।

शनिबार जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले प्रतियोगिताको उद्घाटन गरेको खेलमा सि तथा डि समूहको मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा ८४ समूहको सहभागिता रहेको थियो । निलगिरी यातायात प्रालिका अध्यक्ष प्रविण शाहीले सामाजिक उत्तरदाहित्व अन्तरगत प्रतियोेगिताको आयोजना गरेको बताए ।