एमालेलाइ पहिलो शक्ति बनाउनु अबको मुल ध्येय: कटुवाल

नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले आउने निर्वाचनहरुमा एमालेलाइ पहिलो शक्तिका रुपमा ल्याउनु नै अबको लक्ष्य र ध्येय हुनु पर्ने बताउनु भएको छ । बेनी नगरपालिका २ को वडा अधिवेशनमा बोल्दै उहाँले गएका निर्वाचनहरु हेर्दा पनि लोकप्रिय मतका आधारमा एमाले पहिलो शक्ति हो र त्यसलाइ बरकरार राख्नु नै अब एमाले जनको कर्तव्य हो । केही अंकले तलमाथि होला तर जनताको मन र मतमा सँधै एमाले नै पहिलो हुनु पर्छ र हो पनि । त्यसैले अहिले निर्वाचित हुने टिमले पार्टीलाइ पहिलो बनाउन प्रयास गर्न पर्ने उहाँको तर्को थियो ।

बेनी नगरपालिका २ को दोश्रो वडा अधिवेशनले दुर्गा सापकोटाको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सर्जना जिसी सचिव तेजेन्द्र कार्की उपसचिव नविन घिमिरे र सम्मरबहादुर कार्की रहनु भएको नेकपा एमाले बेनी नगर कमिटीका सचिव भोज बहादुर रिजालले जानकारी दिनुभयो । त्यसैगरी लेखा कमिटिको संयोजकमा बिरबहादुर घिमिरे चयन हुनुभएको छ ।

शुक्रबार, चैत्र ३०, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...