पितृको स्मृतिमा अक्षयकोष स्थापना

म्याग्दीको सदरमुकाम बेनीमा विपन्नको शिक्षादीक्षा र उपचारका लागि एक परिवारले आफ्नो दिवङ्गत पितृको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्। बेनी नगरपालिका वडा नं ७ का स्वर्गीय गणेशलाल श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ, डम्बरकुमारी श्रेष्ठ र भद्रकु्मारी श्रेष्ठको स्मृतिमा छोराहरूले ३ लाख ३ हजारको अक्षय कोष स्थापना गरिएको हो । भद्रकुमारी श्रेष्ठको वार्षिक तिथिको अवसरमा नेपाल भाषा मंकाखलमा आयोजित श्रद्धञ्जली सभा तथा अक्षय कोष कार्यक्रमका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षा तथा विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषको घोषणा गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा मंकाखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले स्वर्गीय मुखिया गणेशलालले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजका लागि गरेको योगदानको चर्चा गर्नु भएको थियो । सोही अवसरमा संविधानसभा सदस्य गोविन्द पौडेल, नवराज शर्माले प्रगतिशिल स्वभावका मुखिया श्रेष्ठको परिवारबाट समाजमा ठूलो योगदान रहेको बताउनभुएको थियो ।
अक्षय कोष स्थापना कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम समाजमा रहेका विपन्न र अभिभावक विहिन बालबालिकाको शिक्षादीक्षमा सहयोगको आवश्यकता रहेको बताउनु भएको थियो । अक्षय कोष स्थापनार्थ आयोजित कार्यक्रमको अध्यक्षत दलप्रसाद श्रेष्ठ, स्वागत याम श्रेष्ठ र सञ्चालन राजेन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा म्याग्दीका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने ब्यक्तित्व, बेनीबजारबासीको सहभागिता रहेको थियो । अक्षयकोषबाट आउने ब्याजबाट सहयोग गरिने र कोष बृद्धि गदैं लाखौंको बनाउने योजना समेत रहेको बताइएको थियो ।

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...