सिर्जना – किशोर श्रेष्ठ

किशोर श्रेष्ठ

के देख्नु पर्यो अचम्म अचेल दाजुले भाइ रेट्ने
दिदीको सौता लागेर बहिनी मनको प्यास मेट्ने ।

कमरेडले कमरेड कुटेर हिंड्ने भातृत्व हराउने
दलाली गर्दै देशभक्त बनी सबभन्दा कराउने ।

इमानको अभाव बढेर गयो कोहिभन्दा कम छैन
सबैका खुट्टी देखियो तर कसैमा दम छैन ।

सतिको सराप परेको भन्थे हो कि त हामीलाई
को अघि सर्छ हेरौंला अब सुधार्न बानीलाई ।।

किशोर किशोरको फेसवुकबाट

मङ्लबार, मंसिर ७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...