ब्रेकअप (यौन कथा)

अन्जु शर्मा

लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदुर पूर्वी जिल्ला झापा पुगें।लामो बाटो नाइट गाडी चढेर गएको मान्छे झण्डै दिनको  दुई बजेतिरमात्र अफिसमा हाजिर भएं।अब मलाई नजिकै डेरा खोज्नुथियो । भोकले पनि च्यापेको थियो । सोचें हल्का खाजा खाएर अरू कुराको बन्दोबस्ती गर्छु।म नजिकैको होटेल तर्फ अगाडि बढें । होटलको स्टाफ संग चिया मागेर पिउदै थिएं । होटलको प्राङ्गणमा एउटी सानी बच्ची मज्जाले हाँसेर खेलिरहेकी थिइन् । म बच्चीको खेल हेर्नमा मन्त्रमग्ध थिएं।एकजना वृद्ध होटेल भित्र पसिन् । मलाई र बच्चालाई खुब नियालेर ” बाबू! तपाईं  यो बच्चीको बाबा हो ?”
पिउदै गरेको मेरो चिया सर्कियो । मैले रिसाउदै उनलाई गाली गरें” यो उमेरमा पनि कस्तो सोच बिचार नगरी बोल्नु भाको? म अविवाहित युवक हुँ,कसरी यो मेरो बच्चा हुन्छ ?
” ए बाबु! मलाई माफ गर्नुहोला;यो बच्ची संग ठ्याक्कै तपाईंको अनुहार मिलेर मैले सोधिहालें । यो होटेल गर्ने नानीले यो बच्चीको बाबा बिदेश हुनुहुन्छ भनेर भन्थिन् । आउनुभएछ भन्ने लाग्यो ।”
” केको हल्लाखल्ला हो रमा दिदी ?”भित् तबाट एक सुन्दर युवती फुत्त बाहिर आइन् ।उनका र मेरा दुई आँखा चार भए ,एक मुख दुई भयो ।नत उनी बोलिन् ,नत मनै बोल्न सकें । मेरो शिर नराम्ररी झुक्यो । म काउण्टरमा पैसा तिर्न अगाडि बढें । उनले पर्दैन भनिन् । म घोप्टे शिर लिएर होटेलबाट बाहिरिएं । केही पर पुगेर पछाडि फर्केर हेरें । त्यहीँ बच्ची समाएर उनी मतिर हेरिरहेकि थिइन् । म त्रसित भएं । जब हाम्रो ब्रेकअप भएको थियो, त्यतिबेला उनले यो कोखमा तिम्रो बच्चा छ भनेर आँसु झारेकी थिइन् ।
खासै लामो समय भएको कहाँ छ र ?  म दुर्गम कालिकोटबाट यो सुन्दर नगरी काठमाडौंमा पढ्न भनेर आएको अल्लारे केटो।जब म एघार क्लासमा होस्टेलमा बसेर पढ्थें ।त्यतिबेला मेरा क्लासका केटीहरू मलाई लाउन नजान्ने ,बोल्न नजान्ने भनेर निकै जिस्काउथे।भित्र पिडा भए पनि बाहिर डरले बोल्दिन थें । मनमनै भने तिनीहरूलाई गाली गर्थें । “हाम्रा गामतिर भए छोछोरीका आमा हुन्थे । यी बुढी कन्याहरू, मलाई झिस्काउछन्।”अचम्म तिनै केटी मध्ये कि एउटी थिइन् मेरो असाध्यै पक्ष लिने । उनको नाम थियो निरूपा । उनी सुदुर पूर्व झापातिरकी थिइन् । म किशोर अवस्था छिचोल्दै युवातिर ढल्कदै थिएं।त्यसैले होला विपरीत लिङ्ग प्रतिको आकर्षण अलि बढी नै हुन्थ्यो । त्यसैले म निरूपा संग जोडिएर बस्न मन पराउथें।निरूपा निकै आकर्षक केटी थिइन् । लामो केशरासी,गोरो वर्ण, थेप्चो नाक सहजै अड्कल गर्न सकिन्थ्यो उनी मंगोल हुन भनेर । उनी साथीहरू संग छुट्टै डेरामा बस्थिन्।त्यसैले उनी स्वतन्त्र थिइन् । म भने होस्टेलमा बधुवा मजदुर जस्तो । मलाई होस्टेल पटक्कै मनपर्न छोडेको थियो । तर के गर्ने बाआमाको कमाइ खाउन्जेल स्वतन्त्रता कहाँ पाइन्छ ?”
मैले सोचें सानोतिनो जागिर भए छुट्टै बस्न पाइने थियो,अनि निरूपा संग घुम्न फिर्न पनि ।
यतिकैमा मैले बाह्र पास गरें । निरूपाले पनि पास गरिन्।हामी दुबै एउटै कलेजमा पढ्ने भयौं । बढ्दो उमेर संगै मलाई आँट र हिम्मत पनि आयो । म छुट्टै डेरामा बस्ने भएं । बाले दिएको खर्च कम हुँदै गयो । म पैसाको सिलसिलामा एक क्यासिनोमा जागिर खान पुगें।क्यासिनोमा पैसा निकै हुन्थ्यो । म निरूपालाई पनि केही केही उपहार दिन्थें । किनकि उनी र म एकअर्कालाई निकै प्रेम गर्थ्यौं।थर्ड  सेमेस्टरमा कलेजले टुर तय गर्यो । हामीलाई कलेजका साथी संग जानू नै थिएन । त्यसैले त्यहीँ समयमा अर्कोतिर जाने योजना बनायौं । मुस्किलले बाअमालाई झुक्याएर हामी दुईदिनको लागि  पोखरातिर हाकियौं।यो बीचमा हामी अघोषित श्रीमान श्रीमती भयौं । कलेजमा साथीहरूले किन टुर नगएका भनेर सोध्दा स्पष्टीकरण दिन झुटमाथि झुट बोल्दा बोल्दै सायद एउटा सिडि नै तयार भको थियो होला ।
मैले क्यासिनोमा काम गर्दै जाँदा रंगिन जीवन देख्न र भोग्न थालिसकेको थिएं । त्यसैले डान्सबार, क्याबिन, डिस्को, क्लब अनि ह्विस्की, ब्राण्डी, रम  मेरालागि सोखका बिषय बन्न थालेका थिए । तरपनि मलाई भित्र देखि माया गर्ने निरूपालाई पनि म बेला बेला समय दिन्थें । निरूपा कलेज सकेपछि बिहेगरेर बस्ने कुरामा जोड गर्थिन् । म बिहे नगरी रिलेसनसिपमा बस्न आग्रह गर्थें । उनी भन्ने गर्थिन उपेन्द्र हामी सरकारी जागिरमा भिड्न पर्छ । स्थायी जागिर भए जीउन सजिलो हुन्छ । उनी असाध्यै मिहिनेती थिइन् । पढ्दा पढ्दै उनले बैंक तिर नाम निकालिन् । म भने नयाँ नयाँ युवतीको चक्करमा, बिन्दास जीवन बिताउथें ।
कलेज कम्पिलट भैसकेको थियो । उनलाई घरबाट बिहे गर्न जोड गरेको कुरा सुनाउदै अब बिहे गर्नपर्छ भन्थिन्।म भने उनी संग रिल्याक्स् गर्ने बिहे नगर्ने मुडमा थिएं । उनले साह्रै कर गर्दा मैले रिसाउदै भनेको थिएं-” तिम्रो र मेरो जात मिल्दैन ।बआमाले स्विकार्नु हुन्न । “तैपनि उनी भन्ने गर्थिन” हामी आफ्नो कमाइमा बाँचौला । तर तिमी संग अलग भएर म बस्न सक्तिन” ।
समय संगै कलेज सकियो । कलेजमा फेरवैल पार्टी भयो । पार्टीमा हामीले रमाइलो गर्यौ । मलाई गाउँले केटो भनेर जिस्काउने सन्दिपा पनि हामी संगै थिइन् । म भित्र भित्र सन्दिपालाई औधि मन पराउथें । सन्दिपा अलि रहुसे पनि थिइन् । त्यो दिन सन्दिपालाई डान्स रेष्टुरेन्टमा जाऔ भनें उनले तुरुन्तै स्विकार गरिन् । अनि म सन्दिपालाई लिएर डान्सबार गएं।उनलाई एक बोतल बियर खान दिए । मैले एक प्याक भोड्का लिए । उनी माते जस्ती भइन् ।मेरा मनमा पाप पलाउन थाल्यो । अरू बढी मताउन उनी रेष्टरूम गएको बेला बियरमा भोड्का मिसाएर कक्टेल बनाइदिएं । उनी मज्जाले मातिन् । मैले कोठा पूर्याइदिने बाहनामा आफ्नै कोठामा लिएर आएं ।
उता निरूपालाई बिहेको कुरा छिनोफानो गर्न घरबाट  तारन्तार खबर आएछ । त्यहीँ भएर उनी बिहानै मेरो कोठामा आएकी रहिछन् । म भरखरै उठेर बाथरूम छिरेको थिएं । सधैं आउने बानी परेकी निरूपा सिधै मेरो कोठामा छिरिन् । मेरो बेडरूममा सन्दिपालाई देखेर एकपटक त उनी बेहोस नै भइन् । निकैबेरमा आँसु खसाल्दै-” जतिधेरै मैले विश्वास गरें, तिमीले मलाई त्यति नै धेरै  धोका दियौ ।” मैले हात जोड्दै उनी संग माफी मागे । तर उनी आवेगमा आइन् । हामी दुईको चर्काचर्कीको आवाजले होला उता यौन र रक्सीको मातले लठ्ठिएकी निरूपा ब्यूझिंन् । सन्दिपा अतालिएर-” म तिम्रो कोठामा ?” सन्दिपाले आफ्नो निवस्त्र  शरिर कम्बलले ढाक्ने प्रयास गरिन् । तब आक्रोशित निरूपाले गलपासो लाग्ने जबाफ दिइन् । “अब यो तिम्रो शरीर कम्बलले ढाकछोप गर्दैन । तिमी नैतिक रूपमा सर्वत्र नाङ्गिसक्यौ । तिमीहरू गन्दगी हौ । मलाई धोका दिने क्रममा तिमीहरूले आफैलाई सिद्यायौ ।”
“म र तिमी एक अर्कोलाई अत्यन्तै माया गर्छौ । तिमी म बिना बाँच्न असम्भव छ ।” मैले पनि उनलाई तिर हान्ने प्रयास गरें।तर सब बेकार भयो । निरूपाले कठोर स्वरमा” तिमी मलाई यति कम्जोर ठान्छौ ? कदापि म तिम्रो कठपुतली भएर बस्तिन । जुन हाम्रो प्रेम थियो त्यो आजबाट खतम भयो । उनले गह्र’गो पाइला ढोकाबाट बाहिर बढाइन् । मलाई केही नमिठो लाग्यो । अनायास मेरा आँखा उनितिर टोलाइरहेका थिए । उनले पून:मतिर हेरेर जबाफ दिइन-” उपेन्द्र ! मेरो विहेको कुरा छिनोफानो भैसकेको छ । म विहे गर्न जाँदै छु । मैले भनेको मान्छौ भने तिमी सरकारी जागिर खाउ । तिम्रो पढाइ राम्रो छ । मलाई जस्तो सन्दिपालाई धोका नदिनु । तिम्रो प्रेमको निसानी त मेरो कोखमा बढ्दै छ । म यसलाई संरक्षण गर्ने छु” । उनी त्यहाँबाट अलप भइन् ।
यता सन्दिपाको ताण्डप नृत्य शुरू भयो”। तिमीले मलाई  झुक्याएर  बलत्कार गर्यौ । अब पुलिसकोमा गएर तिम्रो बचेको इच्जत र जागिर स्वहा: बनाउछु ।” लाख बिन्ती गरें, तर उनी मलाई उल्टो ब्ल्याकमेल गर्न थालिन् । त्यसपछि मात्र मेरो चेत खुल्यो । मैले निरूपाको नरम शरीर मात्र हैन नरम बोली र ब्यवहारको पनि मूल्यांकन गर्नपर्छ । उनिसंग स्वच्छ प्रेम थियो त्यसैले त मलाई क्यासिनो छोडेर सरकारी जागिर खा भनिन् । रातोपुल

सोमवार, बैशाख १०, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...