युवा संघ नेपालको नगर कमिटी गठन

राष्ट्रिय युवा संघ नेपाल बेनी नगर पालीकाको चौथो युवा भेलाबाट सुजन थापाकाे स‌ंयोजकत्वमा बेनी नगरकमिटि गठन भएको छ । शुक्रबार भएको भेलाले सह संयोजकमा अनिस गौचन, सचिव राजन पुरी रहेको ११ सदस्यीय कमिटी गठन भएको छ । युवा संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी उपाध्यक्ष प्रमोद श्रेषठ लगायतले बोल्नु भएको थियो । प्रतिश श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा युवा संघका सचिव सुसन किसानले स्वागत गर्नुभएको थियो ।

शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...