प्रदेश

नयाँ शक्तिको कार्यकारी समिति गठन

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - नयाँ शक्ति नेपाल जिल्ला परिषद बागलुङले शनिबार कार्यकारी समिति (सचिवालय) गठन गरी जिम्मेवारी बाँडफाड गरेको छ । राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा विस्तारित बैठकले चित्र सापकोटाको अध्यक्षतामा ३९ सदस्यीय कार्यकारी समिति गठन गरेको हो । समितिको सदस्यमा बमबहादुर गुरुङ, कृष्ण सापकोटा,..

सुन्तलाका बोट मर्न थालेपछि चिन्ता

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

पर्वत, ३० साउन - ज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि पर्वतका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किसान..

लायन्स क्लबको पदस्थापन कार्यक्रम

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - ‘हामी सेवा गर्छाै’ भन्ने उदेश्य साथ गठन भएको अन्र्तराष्ट्रिय सामाजिक सस्था लायन्स कलब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स कलब अफ बागलुङ सिटि र लायन्स कलब अफ बागलुङको सँयुक्त पदस्थापन कार्यक्रम शनिबार बागलुङमा सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५..

बस्ती जोखिममा

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

म्याग्दी, ३० साउन - अत्याधिक बर्षा, भिरालो जमिन, कमजोर माटोका कारण म्याग्दीको सदरमुकाम बेनीस्थित मुस्लिम बस्ती आसपासको क्षेत्र पहिरो र बाढीको जोखिममा परेको छ । बेनी–अर्थुङेहुदै ग्रामिण क्षेत्रमा जोड्ने सडक र बेनी–मगलाघाट हुदै पश्चिम म्याग्दी जोड्ने सडक निर्माणको क्रममा वातावरण संरक्षणमा..

नागरिकता भन्दा राहदानी लिने बढी

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - बैदेशिक रोजगारीको कारणले बागलुङमा नागरिकता लिने भन्दा राहदानी लिने धेरै भएका छन् । पछिल्लो केही बर्षदेखि यो क्रम निरन्तर चलिरहेको हो । युवाहरु खाडी मुलुक सहित जापान र गैरकानूनी रुपमा अमेरिका समेत पुग्ने भएपछि राहदानी बनाउनेहरुको संँख्या बढेको हो । जिल्ला प्रशासन कार्यालय..

युवा संजाल गठन

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - विश्व युवा दिवसको अवसरमा जिल्लाको तंग्रामका युवाहरुले शुक्रबार भेला गरी समाज विकास निर्माणको निमित्त युवा सञ्जालको स्थापना गरेका छन् । उक्त भेलाले अमर थापाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण पुन, बिमा जोल्मी, सचिवमा विशाल थापा, सहसचिवमा दिपक पुन,..

वार्षिक समिक्षा

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - जिल्ला विकास समिति बागलुङले जिल्लाका विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७२/०७३ मा गरेका कामको बार्षिक समिक्षा गरेको छ । कार्यालयले गाविस, बिषयगत कार्यालय तथा गैससहरुको काम कारबाहीका बारेमा जानकारी लिदै २ दिने प्रस्तुतिकरण कार्यक्रम गरी सम्पन्न..

संविधान कार्यान्वयनको लागि न्यायिक तरिकाले राज्य पूर्नसंरचना

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

बागलुङ, २९ साउन - सांसद नर बहादुर थापाले संबिधानको कार्यान्वयनका क्रममा न्यायिक तरिकाले राज्यको पुर्नसंरचना गर्नुपर्ने बताएका छन् । पुनराबेदन बार ईकाई बागलुङ्गले आयोजना गरेको राज्यको पुर्नसंरचनामा न्यायपालिका र हाम्रो सरोकार बिषयक अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले पुर्नसंचरनाको..

भूकम्पिय जोखिममा सुरक्षित स्थान

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ साउन - अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले भूकम्प लगायतका जोखिमको समयमा जिल्ला तहमा सुरक्षित खुला स्थानमा अस्थायी बसोवास बनाउने अभियान संचालन गर्ने भएको छ । आइओएमले जिल्लाका सरोकारवाला र नगरपालिकाका पदाधिकारीको सहभागितामा खुला स्थानको पहिचान तथा व्यवस्थापन विषयक एक दिने..

जिविसको वार्षिक समिक्षा

शुक्रबार, साउन २८, २०७३ मा प्रकाशित

बागलुङ, २८ साउन - जिल्ला विकास समिति बागलुङको आयोजनामा विहिवार देखि आर्थिक बर्ष २०७२/०७३मा सम्पन्न भएका कार्यक्रमको समिक्षा बैठक शुरु भएको छ । घिल्लो बर्षको समिक्षा गरेर आगामी कार्ययोजना तय गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए । समिक्षाको पहिलो दिन गाविस..

sidebar ad
Loading...