अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

बागलुङ, २६ फागुन/१ सय ७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस बुधबार बागलुङमा पनि मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाका हक अधिकार स्थापित गर्न सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । बागलुङमा क्रियाशिल राजनैतिक दलका विभिन्न महिला संघ संगठनहरुको आयोजना र महिला तथा बालबालिका कार्यालय बागलुङको समन्वयमा भएको कार्यक्रममा सांसद चम्पादेवि खड्काले अब हुने स्थानीय निकायको निर्वाचनमा महिलाहरुको समान सहभागिता गराउनका लागि आजैबाट एकजुट भएर अगाडी बढ्न आग्रह गरेकी थिइन । उनले संविधानमा महिलाका हक अधिकार समावेश गरिएकाले संविधानमा मर्मलाई बुझेर जानुपर्ने भनाई राखेकी थिइन । कार्यक्रममा बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, नेपाली काँग्रेसका महासमिति सदस्य कल्पना हमाल, गरिवी निवारणका लागि आत्मनिर्भरता अभियान अनेमसंघ केन्द्रिय विभाग सदस्य गंगाकुमारी शर्मा, नेकपा माओवादी केन्द्रकी टिकाकुमारी विश्वकर्मा, जिल्ला विकास महिला समन्वय समितिकी उपाध्यक्ष उषा पौडेल, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष लक्ष्मी बास्कोटा, दलित महिला सञ्जालकी अध्यक्ष लक्ष्मी बोहोराले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरि अखिल नेपाल प्रगतिशिल महिला संघकी केन्द्रिय सदस्य हुमा खड्का, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, वेपत्ता परिवारकी अध्यक्ष जसोधा शर्मा, कर्मचारी महिला क्लबकी अध्यक्ष लिला खड्का, ओम शान्तिकी सावित्री, जिल्ला बाल सञ्जालकी अध्यक्ष सुरक्षा खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष कुशुम बुढा, धन्यवाद मन्तव्य अखिल नेपाल प्रगतिशिल महिला संघकी जिल्ला अध्यक्ष मञ्जु क्षेत्री र संचालन अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सावित्रा रानाले गरेकी थिइन । यसैबीच, रानीभूमे महिला विकास सहकारी संस्था लि. सिगाना बागलुङले विविध कार्यक्रम गरी एक सय सातौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि रचनात्मक क्रियाकलापहरुको भूमिका प्रभावकारी हुने भएकाले दिवसका अवसरमा सहकारी सम्बन्धी रत्यौली प्रतियोगिता, तातो आलु, घैटोफोर लगायतका कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष चित्रकुमारी खड्काले जानकारी दिइन । ६ समुहले भाग लिएको रत्यौली प्रतियोगितामा सक्रिय आमा समुह प्रथम, जनजागरण महिला समुह द्वितिय र परिवर्तन स्वास्थ्य आमा समुह तृतिय भएका छन् । यस्तै तातो आलु प्रतियोगितामा लालमती परियार प्रथम, मनु क्षेत्री द्वितिय र झनकला जिसी तृतिय भए । घैटोफोर प्रतियोगितामा विजु जिसी प्रथम भएकी छिन् । कार्यक्रममा बोल्दै सांसद चम्पादेवी खड्काले महिलाहरुको हक अधिकार स्थापित गर्नका लागि सबै एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिइन । कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसीले राज्यका हरेक क्षेत्रमा महिलाको निर्णायक भूमिका निर्वाह गर्नका लागि सहकारीलाई सबल र सक्षम बनाउनु पर्नेमा जोड दिइन । कार्यक्रममा सिगाना गाविसका सचिव लक्ष्मण पौडेल, नेपाली कांग्रेसका नगर अध्यक्ष महेन्द्र आचार्य, नेवि संघका अध्यक्ष खड्क थापा, नेपाली कांग्रेस सिगानाका पूर्व सभापति यज्ञराज गौतम, नेपाली कांग्रेसका सभापति छमबहादुर कार्की, नेकपा एमालेका अध्यक्ष सुरेश मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रानीभूमे महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चित्रकला खड्काको अध्यक्षता, सचिव टिका जि.सी.को सञ्चालन र संस्थाका सञ्चालक तथा सामाजिक परिचालक सुशिला पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

बिहिबार, फाल्गुन २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...