३५ खेलाडीलाई विशेष प्रशिक्षण

बागलुङ, २८ असार – बागलुङमा आईटीएफ तेक्वान्दोका खेलाडीहरुलाई मंगलबार अन्तराष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् ।
आईटीएफ तेक्वान्दोका अन्तराष्ट्रिय ए क्लास ब्याक बेल्ड आठौं डान माष्टर जोन चोल हो र पाक चोल मिनले बागलुङका ३५ जना खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएका हुन ।
बागलुङ आईटिएफ तेक्वान्दो संघको आयोजना र नेपाल आईटिएफको सहयोगमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षण पछिको पत्रकार सम्मेलनमा बोल्दै औठौं डान ब्ल्याक बेल्ड माष्टर पाक चोल मिनले नेपाली खेलाडीहरुमा केही टेक्निकको समस्या रहेको बताएका थिए । उनले उक्त समस्याको समाधानको लागि नियमित अभ्यास गर्नुपर्ने बताए ।
उनले नेपालले आईटिएफ खेलमा प्राप्त गरेको अन्तराष्ट्रिय उपलब्धिको प्रशंसा गर्दै नेपाली समुदायले देखाएको रुचीलाई सरकार तथा स्थानिय निकायले सहयोग गर्नुपर्ने बताएका थिए ।
आईटिएफ आत्मरक्षा तथा स्वास्थ्यको लागि धेरै फाइदा जनक रहेको बताउँदै आईटिएफ व्यवसायिक खेल मात्र नभएर स्वास्थ्यको लागि फाइदाजनक रहेकोले सवैले सिक्नुपर्ने बताएका थिए ।
आइटिएफ र डब्लूटिएफ तेक्वान्दोको सन्दर्भमा बोल्दै मिनले १९६६ मा आएर ८ देशका प्रतिनिधीहरु मिलेर डब्लुटिएफ तेक्वान्दो स्थापना गरेको र हाल दुवै तेक्वान्दोको अबस्था मजबुद रहेकोले एकताका लागी धेरै चरणमा छलफल भएको पनि बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइटिएफका केन्द्रिय अध्यक्ष अन्जन धमलाले राखेपमा आबद्ध संघहरु मध्ये नेपाल आइटिएफ सिर्जनशिल र सक्रिय संघ रहे पनि सरकारी नीतिका कारण आइटिएफका प्रशिक्षकहरुले सरकारी नियुक्ति पाउन नसकेको बताउदै आगामी दिनहरुमा सरकारले संघहरुको सही मुल्याङ्कन गरी आवश्यक सहयोग गर्ने विश्वास लिएको बताए ।
जिल्ला अध्यक्ष सस बहादुर पुनको अध्यक्षता, सहसचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत पूर्व अध्यक्ष राजु खड्का र दोभारे केवि शाहीले गरेका थिए ।

बुधबार, असार २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...