बिबाहमा बिमा पोलिसि उपहार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मुक्तिनाथ शाखा प्रबन्धकले आफ्नो छोरीको विवाहको दिनमा बिमा पोलिसि उपहार प्रदान गर्नुभएको छ ।
बागलुङ नगरपालिका रामरेखा घर भै मुक्तिनाथ शाखाका प्रबन्धक रहुन भएका उमाकान्त पौडेलले आफ्नी छोरी आस्था शर्मा पौडेल र ज्वाइँ डा.गोविन्द पोखरेलको विवाहको दिनमा छोरी र ज्वाइँलाइ बिमा पोलिसि उपहार प्रदान गर्नुभएको हो । जीवन सुरक्षाका लागि बिमा गर्ने कार्य उत्कृष्ट कार्य भएकोले पनि छोरिको विवाहको क्रममा बिमा पोलिसि हस्तान्तरण गरेको उहाँको भनाई छ ।
नेपालमा रहेका जीवन विमा प्रदायक कम्पनिहरु मध्ये ३६ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले मानव जीवनमा हुन सक्ने विभिन्न जोखिमहरुलाई कभरेज गर्ने स्कीमहरु रहेको हुनाले पनि यस कम्पनिमा धेरैको रुचि बढेको कम्पनिका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले बताउनुभयो ।
कम्पनिका बिमितहरुले सबै प्रकारका क्यान्सर रोग, प्राणघातक रोगहरु, मुटु, मृगौला, फोक्सो लगायतका अंगहरुमा हुने घातक रोगको रिस्क कभरेज गर्ने गर्दछ । कुनै पनि बिरामी हस्पीटलमा भर्ना हुन परेको खण्डमा उपचारका लागि बढीमा ३६५ दिन सम्म उपचार भत्ता स्वरुप कुल बिमाको आधारमा उपलब्ध गराउने घिमिरेले बताउनुभयो ।

बिहिबार, फाल्गुन २४, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...