योगी नरहरिनाथ पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण 

शुक्रवारका दिन योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीमा गैरआासीय नेपाली संघ र ललितपुर -२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालबाट ई-लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान पुस्तकालयका संयोजक डी आर पोखरेललाई एक समारोहका बीच हस्तान्तरण सम्पन्न भयो। ई लाइब्रेरीमा एक लाख साठी हजार विभिन्न विधाका पुस्तक रहेका छन् ।

डी आर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप- कूलपति इन्द्र रेग्मीले यस पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीलाई पछि सम्म पनि सहयोग जारी राख्ने र ७० लाख गैरआासीय नेपालीलाई यो संस्था संग जोडने साथै राष्ट्र गुरु योगी नरहरिनाथले सिर्जना गर्नु भएका महत्त्वूर्ण पुस्तक छपाई र प्रकाशनमा यथा संभव सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो । ल्यापटप दाता एना ढकालका पिता एबम् श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका सचिव नवराज ढकालले योगी नरहरिनाथ पुस्तकालयलाई नयाँ उचाइमा पुर्याउन पुस्तकालयको आवश्यकता र अनुरोधलाई स्वीकार गरी छोरीले सहयोग गर्नु भएकोमा धन्यबाद एबम् आभार प्रकट गर्नु भयो । कार्यक्रमलाई श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल र अध्यक्ष शैलेन्द्र कुमार पियाले यस्ता प्रकारका सहयोगलाई निरन्तरता दिँदै योगी नरहरिनाथले परिकल्पना गर्नु भएको वागीश्वरी माथि उठाउन सबैलाई अनुरोध गर्दै दातालाई धन्यवाद ज्ञापन गर्नु भयो। सो कार्यक्रममा पुस्तकालय व्यवस्थापनका सदस्य प्रा डा होमनाथ सापकोटाले स्वागत गर्नु भयो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका साचिव भोजराज भट्टराईले गर्नु भएको थियो

शुक्रबार, बैशाख ७, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...