एसियन कप छनौट होम गेम नेपालमै खल्न पाउँः गुरुङ

काठमाडौं, २ फागुन/नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले एसियन कप छनोटका होम म्याचहरु नेपालमै खेल्ने वातावरण मिलाउन माग गरेका छन् । सोलिडारिटी कप फुटबलका विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा कप्तान गुरुङले रंगशाला नहुँदा होम गेम नेपालमा नहुने आशंका बढेको बताए । उनले भने, ‘रंगशाला भएको भए घरेलु मैदानमा नै खेल्न पाउँथ्यौं । त्यसैले रंगशालाका लागि पहल गर्न आग्रह गर्छु ।’ एसियन कप छनोट ‘होम एण्ड अवे सिस्टम’का आधारमा खेलाइनेछ र नेपालले समूह चरणको तीन खेल नेपालमा हुनेछ । तर, दशरथ रंगशाला मर्मतका क्रममा रहेकाले होम गेम नेपालमा नहुने आशंका बढेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने होम गेमका लागि हलचौक मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको विकल्प एएफसी सामू पठाएको छ । प्रधानमन्त्री प्रचण्डले यसबारे आवश्यक प्रक्रिया अघि बढाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । यसैबीच, सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले पूर्व प्रतिवद्धता अनुसार खेलाडीहरुलाई जनही ३ लाख प्रदान गरेका हुन् । नेपालले सोलिडारिटी कप जिते लगतै प्रधानन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिने घोषणा गरेका थिए । बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली टोलीका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि पहल गर्न माग गरेका थिए । लगतै प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक पहल गर्न सम्वन्धित निकायलाई निर्देशन दिए ।

मङ्लबार, फाल्गुन ३, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...