म्याग्दीका गायक झलक पुनको ‘ए नाचौं पन्चेबाजैमा’ सार्बजनिक भिडियो सहित

म्याग्दी मंगला गा.पा बरंजाका  झलक पुनको नयाँ पन्चेबाजा गीत ‘ए नाचौं पन्चेबाजैमा’ हालैमात्र सार्बजनिक भएको छ । झलक पुन र सिर्जना रोका मगरको स्वरमा सजिएको गीत युट्युवमार्फत सार्वजनिक भएको हो । गीतको सिर्जना भने गायक स्वयम् झलक पुनले गरेका छन ।

केहि दिन अघि मात्र युट्युवमा सार्वजनिक भएको ‘ए नाचौ पन्चेबाजैमा’ बोलको गीतले सामाजिक प्रेमको चित्रण गरेको बिषयवस्तुलाई कलात्मक ढंगले उतारेको छ ।

स्थाई डिजीटलको प्रस्तुतिमा बजारमा आएको उक्त म्युजिक भिडियोको गीतलाई कृष्ण थापा मगरले कम्पोज गरेका छन् भने एरेन्ज तथा फाइनल काम कुमार थापाले गरेका छन् । यसैगरी भिडियोको लागि सिनेमातोग्राफी करण चैसिरले गरेका भिडियोमा गणेश घर्ती मगर, रिया रोका मगर र संजय बुढाथोकी मगरले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने सज्जन बोहोराले र गोपाल आचार्यले गरेका छन् ।

छोटो समयमा नै निकै रुचाइएको ‘ए नाचौं पन्चेबाजैमा’ भिडियोको हेर्न  यहाँ क्लिक गर्नुहोस् ।

बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...