शीतोष्ण हावापानीमा हुने फलफुल तथा तरकारीका लागि महत्वपूर्ण बन्दै मार्फा

हिमालपारीको जिल्ला मुस्ताङको घरभझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोषण बागवानी विकास केन्द्र पछिल्लो समय तरकारी तथा फलफूलको अबलोकन तथा अभ्यासका लागि पनि निकै महत्वपूर्ण सावित हुदै गएको छ ।
शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारी बालीको तालिम तथा विउ तथा बिरुवा उत्पादनकालागि पनि मार्फा धेरैको लागि चासो अनि गन्तव्य बन्न थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ्गले पनि मार्फामा तीन दिने तालिम सकेको छ । लमजुङले आयोजना गरेको तालिममा विभिन्न १५ जिल्लाका १६ जना कृषकहरुको सहभागिता रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङको आयोजनामा आयोजित परियोजना अन्तर्गतका अधिकृत÷सहायकस्तर कर्मचारीहरुलाई स्याउ तथा ओखरको उन्नत प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि सम्बन्धि ३ दिने तालिम शीतोष्ण बागवानी विकास केन्द्र, मुस्ताङ्गको मार्फामा सकिएको छ । मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा शुरु भएको तालिममा सोलुखुम्बु, हुम्ला, जुम्ला, दार्चुला, डोल्पा, जाजरकोट, रुकुम पुर्ब, कालिकोट, कास्की, वाग्लुङ्ग, मुस्ताङ्ग, मनाङ्ग, मुगु र बाजुराका प्रतिनिधिहरु सहभागी रहेका छन् ।


शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेय उक्त तालिममा प्रमुख प्रशिक्षकको रुपमा सहजीकरण गरीरहनु भएको छ । जुन हावापानीमा जुन फलफूल हुन्छ त्यहि ठाँउमा लगेर तालिम दिदाँ बढि व्यवाहारिक र अर्थपुर्ण हुने भएको हुनाले तालिम मार्फामा तालिमको आयोजना गरिएको भन्नुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ्गका कार्यालय प्रमुख अजय अधिकारी । हामी सक्दो ब्यवहारिक तालिम दिने प्रयास गरिरहेका छौं भन्नुहुन्छ प्रमुख प्रशिक्षक आत्रेय । तालिममा पुर्ब देखि पश्चिम सम्म कार्यारत कर्मचारीहरु सहभागि भएकाले विभिन्न भुगोलमा भएका र गरिएका प्रविधि र अनुभबहरु साटासाट गर्ने काम पनि भईरहेकोले तालिम अत्यन्त राम्रो हुने कुरा तालिमकी संयोजक सन्ध्या जोशीले बताउनुभयो । तालिममा साधारण र उच्च घनत्वमा स्याउ खेती सँगै ओखर खेती प्रविधि, बगैंचा ब्यवस्थापन र नर्सरी उत्पादनका विभिन्न कक्षाहरु समेटीएको थियो ।

बिहिबार, फाल्गुन २४, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...