बेनी नगरपालिकाले बजार अनुगमन गरी म्याद गुज्रेका सामान नष्ट

म्याग्दीको बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा अनुगमन गरी म्याद गुज्रेका सामग्री जफत गरी नष्ट गरेको छ ।

बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले अनुगमन गरी सामग्री जफत गर्नुका साथै नष्ट गरेपछि बिहीबार नगरपालिकाले उक्त कार्यलाई निरन्तरता दिएको हो । बेनीमा भएको दोश्रो दिनको अनुगमनमा पनि विभिन्न होटल तथा पसलहरुमा भेटिएका अखाद्यलाई नष्ट गरीएको छ ।

अनुगमनका क्रममा पेय पदार्थहरु अत्याधिक मात्रामा म्याद गुज्रेको भेटिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोशनाथ शर्माले जनकारी दिनुभयो । कोकाकोला, फेन्टा, स्प्राइटका साथै वियर पनि म्याद गुज्रेर अखाद्य भएको भए पनि बिक्रि बितरणका लागि राखेको पाइएकोले उक्त सामानहरु नियन्त्रणमा लिएर नष्ट गरीएको उहाँको भनाई थियो ।

बेनी नगरपालिकाका अधिकृत लक्ष्मण पौडेलको अगुवाइमा भएको बजार अनुगमनमा म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, पर्यटन तथा उद्योग कार्यायलका प्रमुख पोशनाथ शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्सा मेहता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बिहीबार भएको बजार अनुगमनको क्रममा १८ हजार रुपियाँ भन्दा बढी मूल्यका सामग्रीहरु नष्ट गरीएको थियो ।

शुक्रबार, चैत्र १६, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...